चुम्लुङको रजत वर्ष अवसर, लिम्बु कलाकारलगायतलाई सम्मान

लिम्बु कलाकारलगायतलाई सम्मान
ललितपुर, भाद्र १२ – लिम्बु जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ फिल्म निर्देशक नविन सुब्बालगायत दर्जनभन्दा बढी कलाकारलाई सम्मान गरेको छ ।ActressSirjanaSubba_20140828072140

चुम्लुङको रजत वर्षका अवसरमा समाजका विविध क्षेत्रमा योगदान गर्ने वरिष्ठदेखि नवप्रतिभासम्मलाई बिहीबार सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँलाले उक्त सम्मान प्रदान गरेका हुन् ।

सम्मान पाउनेमा गीत संगीततर्फ प्रेम पन्धाक, सुनिता सुब्बा, पवित्रा सुब्बा, राजेश पायल राई, फिल्म निर्देशक किशोर सुब्बा, अभिनयतर्फ शोभा खजुम, प्रेम सुब्बा, नायिका सिर्जना सुब्बा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, मिस नेपाल सुविन लिम्बु, प्रथम मिस लिम्बु निलिमा मादेन, मिस मङ्गोल मुस्कान नेम्बाङ, दोस्रो मिस लिम्बु मेरिना पोमो छन् । त्यसैगरी भाषा, साहित्य, लिपि (फन्ट निर्माण) तर्फ येहाङ लाओती, अमर तुम्याहाङ, करुण थापा, मुन्धुम तथा संस्कृति, किपट अनुसन्धानतर्फ डा. नारायण सङ्ग्रौला, विक्रम सुब्बा, राजेश्वर थापा, गोपीकृष्ण अधिकारी, डा. गोबिन्दब. तुम्बाहाङ, कमल मादेन, कमल तिगेलालगायत सम्मानित भएका छन् ।

त्यस्तै, पत्रकारितातर्फ रीता लिम्बु, राजकुमार दिक्पाल, राम मादेन, देवेन्द्र सुर्केली, प्रतिमा माखिम, सेन्छेलुङ लिम्बु, मिलन लिम्बु, गोमा चेम्जोङ, ऋतु थेबे, मनुता काम्बाङ, गणेश राई, धनबहादुर फागो, डीबी आङ्बुङ, कल्पना तुम्रोक, विश्वास दिप तिगेला, सुरेन्द्र कुमार इङ्नाम लगायतले प्रशंसापत्र पाएका छन् । त्यसैगरी खेलाडी, कीर्तिमानी, ललितकला, परम्पराको संरक्षणमा योगदान गर्नेसमेतलाई सम्मान गरिएको थियो ।

सम्मान प्रदान गर्दै काइँलाले आदिवासी लिम्बु जातिको पहिचान तथा लिम्बुवानका निम्ति योगदान गर्नेहरूलाई सम्मान गरिनु अर्थपूर्ण रहेको बताए । ‘चुम्लुङ गठनको पच्चीस वर्षमा सामाजिक, भाषिक, सांस्कृतिक जागरण आएको छ,’ लिम्बुको मौलिकता नेपालीको साझा सम्पदा भएको उल्लेख गर्दै उनले भने, ‘भाषा, लिपि, संस्कृति, साहित्यको कुरा गर्दै जाँदा आज सारा नेपालीको सोचाइ, हेर्ने दृष्टिकोण बदलिएको छ । यसरी अन्य समुदायलाई चुम्लुङ सम्भिmन सक्नु र मैले नै सम्मान प्रदान गर्न पाउनु आफैंमा सराहनीय विषय हो ।’ साथै, चुम्लुङका अध्यक्ष उत्तमसिह थाङदेनले लिम्बुवानबाट देश-विदेशमा छरिएको लिम्बुहरूलाई एकतृत गर्नु र लिम्बुप्रति सहअस्तित्व जनाउने व्यक्ति व्यक्तित्वहरुको सम्मान गरिएको बताए ।

किरात याक्थुङ चुम्लुङको रजत जयन्तीका अवसरमा सम्मान ग्रहण गर्दै नायिका सिर्जना सुब्बा तथा प्रदान गर्दै बैरागी काइँला ।

तस्बिर : गणेश राई/ईकान्तिपुर