साहित्य सन्ध्या पुरस्कार पहाडीलाई

काठमाडौं । ’साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’-२०६८ साहित्यकार एवम् जनकलाकार ‘सानु पहाडी’लाई प्रदान गरिने भएको छ ।

प्राज्ञ नर्मदेश्वरी सत्यालको संयोजकत्वमा सहप्राध्यापक कृष्णप्रसाद घिमिरे तथा साहित्यकार कलाधर काफ्ले सदस्य रहेको तीन सदस्यीय समितिको सिफारिसमा जनकलाकार पहाडीलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने निर्णय गरिएको हो ।

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलका अनुसार १० हजार तथा ताम्रपत्रसहितको पुरस्कार आगामी भदौ २ गते काठमाडौँमा प्रदान गरिनेछ ।