बेलायतका आदिवासी जनजाति पत्रकारलाई तालिम

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले शाखामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लािग एकदिने पत्रकारिता तालिमको आयोजना गरेको छ ।

भेटघाट रेटुरेन्ट अल्डरसटमा आयोजित सो तािलममा रेडियो बिजीडब्लुएसका म्यानेजिङ डाइरेक्टर सोनाम छिरिङ शेर्पाले अन्तरवार्ताका बारेमा, डा. नरेशचन्द्र राईले सिटजन जर्नालिजमको बारेमा र नेपाल पत्रकार महासंघ युके का अध्यक्ष नरेश खपाङ्गीमगरले समाचारका बारेमा तालिम दिएका थिए ।Fonij

सोही तालिममा फोनिजका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले विभिन्न राजनीतिक विचारधाराहरुका बारेमा र फोनिजकी अध्यक्ष प्रमिला लाबुङ्ग राईले नेपालको संविधानमा प्रेस सम्बन्धि ब्याबस्थाका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, राजनीतिकर्मी पूर्ण लोक्साम, होम सुनुवार, मीरा सुनुवार, सुमलकुमार गुरुङ्ग लगायतले बोलेका थिए ।

कार्यममा नेपालबाट यूके भ्रमणमा रहेका पत्रकार तारा चाम्लिङ राईलाई नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगर र फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ्ग राईले खादा लगाइ स्वागत गरेका थिए ।
तालिममा किरब ३० प्रशिक्षार्थीहरुको सहभािगता थियो । तालिमको अध्यक्षता प्रमिला लाबुङ्ग र संञ्चालन खुशी लिम्बुले गरेका थिए ।

साभारः www.wenepali.com