बेलायतमा ११ औँ यलम्बरहाङ् कप सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत

गत २१ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा ११ औँ यलम्बरहाङ् कप सम्पन्न भयो ।

सदाको वर्षहरु जस्तै यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङले आयोजना गरेको यस फुटबल खेलमा मेन टिममा २४ टिम, भेटरेन र सुपर भेटरेनमा ८, ८ टिम र २ महिला टिमहरु गरि ३४ टिमहरुले भाग लिएका थिए ।

उक्त खेलको अध्यक्ष्ता चुम्लुङको् वर्तमान केन्द्रिय अध्यक्ष दिलसिङ्ग मेन्याङ्बोले गरेका थिए, प्रमुख अतिथि जनजाती महासंङ्घ बेलायतका वर्तमान अध्यक्ष जंङ्ग सुनुवार र अतिथिहरुमा याक्खा चुम्बाका वर्तमान अध्यक्ष धन रोघु, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास अन्य संङ्घ संस्थाका प्रतिनिधिहरु साथै खेलका पुरस्कार प्रायोजकहरु रहनु भएको थियो ।

आयोजक “किरात याक्थुङ् चुम्लुङ” का अध्यक्ष दिलसिङ् मेन्याङ्बोले गोल किक गरेर फुटबल खेलको उद्घाटन गरेपछि ५ वटा खेल मैदानहरुमा मेन टिम, महिला टिम भेटरेन, सुपर भेटरेन र महिला टिमहरुको पहिलो खेल बिहानको १० बजे बाट शुरु भएकोे थियो ।

२३ टिमहरुलाई पछि पार्दै “पि ए एफसी” ले शिल्ड साथै १३ सय पाउण्ड हात पारेको थियो, बेस्ट प्लेयरमा बिसाल तामाङ र ८ गोल गरेर टप स्कोररमा प्रनय गुरुङ् भएका थिए । यस टिमको लागी ट्रफी प्रायोजन याक्थुङ माङ्गेना चुम्लुङ्ले गरेका थियो भने बेस्ट प्लेयर र बेस्ट स्कोररको ट्रफी क्रमश बम बहादुर लिम्बु र दील ईवारमले प्रायोजन गरेका थिए । रनर अप टिम मंगोलियन भान्जाले ६ सय पाउण्ड सहित रनर अपको शिल्ड पाएका थिए । यस टिमको लागी ट्रफी प्रायोजन श्रीप्रसाद लिम्बुले गरेको थियो ।

त्यस्तै भेटरेन तर्फ “ब्रिगेड बाईज” ले शिल्ड सहित ६ सय पाउण्ड हात पारेको थियो । यस टिमको लागी ट्रफी प्रायोजन तिल बिक्रम सम्दाहाङ्फेले गरेको थियो भने बेस्ट प्लेयर र टप स्कोररको ट्रफी क्रमश धन काम्बाङ र गणेश ईजामले प्रायोजन गरेका थिए । रनअप टिम पोखरा युनाईटेड ३५० पाउण्ड सहित रनर अप शिल्ड पाएको थियो । यस टिमको लागी ट्रफी प्रायोजन महेन्द्र लिम्बुले गरेका थियो । भेटरेन तर्फ बेस्ट प्लेयरमा सुरेश गुरुङ् भएका थिए भने ५ गोल हानेर लिल गुरुङ्ग टप स्कोरर भएका थिए ।

सुपर भेटरेनमा सबै टिमहरुलाई जितेर “एफ्सी केन्ट, गोर्खा भेटरेन” ले शिल्ड सहित ६ यस पाउण्ड हात पारेको थियो, यस्का साथै धन राई बेस्ट प्लेयर भएका थिए । यस टिमका लागी ट्रफी प्रयोजन चित्राज लिम्बुले साथै बेस्ट प्लेयरको ट्रफी बिमला सेनेले गरेको थियो । “युनाईटेड एफ्सी” ले ३५० पाउण्ड सहित रनर अप भएको थियो र यस टिमका लागी लोकेन्द्र तबेबुङले ट्रफी प्रयोजन गरेको थियो । साथै ६ गोल हानेर ओम गुरुङ्ग टप स्कोरर भएका थिए र टप स्कोररको ट्रफी भने बिस्वासदीप तिगेलाले प्रायोजन गरेका थियो । प्रोत्साहन स्वरुप २ महिला टिमहरुले खेलेका खेलमा चुम्लुङ महिला कमिटी बिजयी भएको थियो, साथै सुश्री कृस्टिना मेन्याङ्बो बेस्ट प्लेयर र बेस्ट स्कोरर भएका थिए । यस टिमका लागी दिलसिङ्ग मेन्याङ्बोले ट्रफी प्रायोजन गरेका थिए । रनर अप टिमको लागी भिम बोखिमले ट्रफी प्रायोजन गरेको थियो साथै बेस्ट प्लेयर र टप स्कोररको ट्रफी क्रमश नरबिर आङ्बो र दिपेन्द्र यक्सोले प्रायोजन गरेका थिए ।

चुम्लुङ युकेको निर्देशनमा संसथाका सह–कोषाध्यक्ष दिपेन्द्र यक्सो र सह– महासचिव नरबिर आङ्बो कोर्डिनेटरको रुपमा खटिएका थिए ।

खेल सकेर पुरस्कार बितरण पछि खेल अतिनै भब्यका साथ सफल भएको प्रमुख अतिथि जनजाती महासंङ्घ बेलायतका वर्तमान अध्यक्ष जंङ्ग सुनुवारले बताए पछि केन्द्रिय अध्यक्ष दिलसिङ्ग मेन्याङ्बोले खेल सकिएको औपचारिक घोषणा गरेको थियो ।

बिहान १० बजे बाट शुरु भएर दिउसो साँझ ७ बजे सकिएको उक्त खेललाई सचिव बिश्वासदीप तिगेलाले सञ्चानल गरेका थिए ।