संघीय लिम्बुवान सामाजिक मञ्‍च यूके रशमूर शाखा अध्यक्षमा थान कुमान चयन

लन्डन । संघीय लिम्बुवान सामाजिक मञ्‍च प्रवास समिति यूकेको अध्यक्षमा थान कुमान नाल्बो लिम्बु चयन भएका छन् ।

२५ सेप्टेम्बर २०२१ का दिन एम्पायर हलमा भएको तेस्रो अधिवेशनबाट थान कुमान नाल्बो लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा भक्तिहाङ नेम्बाङ लिम्बु, सन्तोष फावेन लिम्बु, सचिव बचन लिम्बु हुक्पा चोङबाङ, सहसचिव सेसेहाङ इवा लिम्बु, अर्थसचिव दिलीप लिम्बु आङ्बुहाङ, सह-अर्थसचिव बिष्णुमान राई देवान छन् ।

यस्तै सदस्यहरुमा देउमान तेयुङ लिम्बु, गणेश साम्बाहाङ्फे लिम्बु, विकास फाबेन लिम्बु, भक्त राई र चन्द्र राई चयन भएको केन्द्रीय महासचिव राम इजमले जानकारी दिए ।

त्यसैगरी जनसम्पर्क संयोजकमा सूर्य खापुङ मनोनयन भएका छन् भने सल्लाहकारहरुमा धनकुमार नेम्बाङ, हिन्दुप्रसाद लिम्बु र तेजप्रकाश लाओती मनोनयन भएका छन् ।

तुम्याहाङ हिन्दुप्रसाद लिम्बुले अध्यक्षता गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष नरबहादुर कुरुम्बाङ, केन्द्रीय महासचिव राम इजम र वेस्ट लन्डनका शाखा अध्यक्ष हेम तुम्बापो उपस्थित थिए ।

साभार: एभरेस्ट टाईम्स