एफसी केन्ट गोर्खा भेट्रानको बैठक सम्पन्न, भावि योजना बारे छलफल ।

सुरेन्द्र इङ्नाम
मेडिस्टन, यूके

गत ३ अक्टोबर २०२१ को दिन आशफोर्ड केन्टमा  एफसी केन्ट गोर्खा भेट्रानको बैठक बसि क्लबको भावी योजना बारे वृहत छलफल गरेको  छ ।  

बेलायतमा गोर्खालिहरुले आयोजना गर्ने गरेको प्राय सबै टुर्नामेन्टहरुमा एफसी केन्ट गोर्खा भेट्रान र सुपर भेट्रान दुबै टिमले खेलमा सधैं जित हात पार्दै आएको थियो । यस क्लबको यि सफलताहरुको पछि प्राय अन्य क्लबहरुले यस क्लबलाई कसरी पछि पार्ने भन्ने सोच समेत लिएको पाईन्छ ।

भेट्रानका एक खेलाडी धीरज राईले यस क्लबले सिङ्गो नेपाललाई प्रतिनिधित्व गरेको र बेलायतमा नेपालीहरुले आयोजना गर्ने फुटबल टुर्नामेन्टहरुमा चर्चा हुन्छ भने यस क्लबको मात्र हुन्छ त्यसर्थ यस क्लबको एक खेलाडी हुनुमा गर्व समेत गरे । त्यस्तै जग पुन डिल्ली राई, सन्तोष लिम्बु कुमार राई र अशोक थापाले समेत क्लबको सदस्य भएकोमा गर्व गरे ।

क्लबका अर्का म्यानेजर भास्कर राईले यस क्लबले नेपाल गएर २ पल्ट सम्म परोपकार खेल खेलेको र भिविन्न कल्याणकारी संघ संस्थाहरुलाई लाखौंको सहयोग गर्न सकेकोले गौरव महशुस गरेको बताए । भविश्यमा पनि अझै यस्ता कार्यहरुमा सहभगिता जनाउने बताए ।

क्लबको सचिव छबी चोङ्बाङले यस क्लबको भेट्रान टिमलाई कसरी अझ मजबुत बनाउने भन्ने रणनिती ल्याउन पर्नेमा जोड दिए । बिगत २ वर्ष देखी कोभिडले क्लबलाई नराम्रो असर पारेकोले यस वर्ष भने त्यति राम्रो नतिजा न आएको स्विकारेको हो ।

क्लबको टिमकोच लोक प्रसाद चेम्जोङले स्थापनाकाल देखि अहिले सम्म क्लबको लागि सके जतिको योगदान दिएको र अब चाहि भेट्रान टिमलाई कसैले चलाउनु पर्ने ब्यक्त गरे तथापि सुपर भेट्रानलाई भने अझै केही वर्ष सम्म सहयोग गर्ने प्रतिवद्दता गरे ।

अन्त्यमा म्यानेजर बुद्दी सुनुवारले अब भेट्रान टिमलाई केही ब्यक्तित्वहरु: सन्तोश गुरुङ, धीरज राई र अन्य भाईहरुको टिमले लिड गर्नुपर्ने पनि सुझाए, र अब आउदो वर्षमा हुने टुर्नामेन्टहरुमा कस्तो र कसरी प्रस्तुत हुने भन्ने पनि प्रस्ट्याए । यस्का साथै भेलाको उदेस्य र भावि योजनाहरु प्रस्ट्याउदै क्लब भनेको टिमवर्क भएकोले हामी सबैको बराबर हात र साथ रहने जानकारि दिदै उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

बिहान २ घण्टा फुटबल अभ्यास पछि ११ बजे देखि ३ बजे सम्म चलेको कार्यक्रमलाई क्लबको सचिव छबी चोङ्बाङ्ले सन्चालन गरेका थिए ।