मेडिस्टन गोर्खा नेपाली समाजको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न ।

सुरेन्द्र इङ्नाम– केन्ट, यूके ।

गत २ अक्टोबर २०२१ को साँझ मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा कार्यक्रम आयोजना गरि कार्यभार हस्तान्तरण साथै स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको हो ।

गत २१ अगस्टको दिन मेडिस्टन ग्रामर ईस्कुलमा भएको अधिवेशनबाट सर्वसम्मतले नयाँ कार्य समितिको चयन भएको थियो । उक्त अधिवेशनमा निर्वाचनको लागि प्रमुख निर्वाचन आयुक्तमा रिटायर्ड मेजर श्री उत्तम शेरचन साथै सदस्यहरुमा क्रमशः रिटायर्ड क्याप्टेन श्री याम पुन, श्री रत्न राई र श्रीमती मनु रुपचा रहेका थिए । सोहि दिन मेडिस्टन गोर्खा महिला समाज र मेडिस्टन गोर्खा भेट्रानको कार्य समिति पनि चयन गरिएको थियो ।

उक्त समिति गठन पश्चात कार्यभार हस्तान्तरण साथै विदाई तथा स्वागत कार्यक्रमको दिन समाजका नव निर्वाचित अध्यक्ष श्री ध्रुब गौतमले उपस्थित सम्पुर्ण निवर्तमान कार्य समिति, सल्लाहकार, भेट्रान समाज र महिला समाजका सदस्यहरुलाई स्वागत सम्मान गर्दै कार्यक्रमको उदघाटन गरिएको सो साझ समाज घरका प्रबन्धक रिटायर्ड क्याप्टेन मोहन तामाङ्ले समाज घरलाई कसरी अत्याधिक रुपमा चलाएर कोष अभिवृद्धि गर्ने र नोवेम्बर १४ तारिखमा हुन गईरहेको रिमेम्बरेन्स परेडमा कसरी सहभागिता जनाउने बारे चर्चा गरे, त्यस्तै रिटायर्ड लेप्टेन दाम बहादुर गुरुङ्ले सन २००६ मा यस समाजको स्थापना भए यता धेरै राम्रो कार्यहरु गरेको जस्मा कला, संस्कार संस्कृतिलाई अर्को पुस्तालाई हस्तान्तरण गर्नको लागि अन्य समाजहरु सँग पनि सहकार्य गरिएको र भविस्यमा अझै दायरा बडाउन पनि नयाँ कार्य समितिलाई सुझाए ।
मेडिस्टन नेपाली महिला समाजकी अध्यक्ष श्रीमती सकुन गुरुङ्ले नयाँ कार्यसमितिलाई स्वागत गर्दै निबर्तमान कमिटिलाई समाजघर मर्मत सम्हारको लागी ६ हजार पाउण्ड सहयोग गरेको र नयाँ कार्यसमितिको कार्यकालमा पनि महिला समाजले सके जति सहयोग गर्ने जानकारी दिईन । त्यस्तै मन्तब्यको क्रममा गोर्खा भेट्रानका अध्यक्ष तिलक बहादुर थापाले समाजका नयाँ कार्यसमितिलाई शुभकामना दिदै यस समाजको गत वर्षको कार्यहरुको स्मरण गर्दै ३६ गोर्खा ईन्जिनियर्सका रिटायर्ड भाई निर्मल पुर्जालाई हिमाल आरेहण गर्न प्रोत्साहन स्वरुप केहि आर्थिक सहयोग गरेको र राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई पनि सहयोग गरेकोमा समाज गौरन्वित भएको सहर्ष जानकारी दिए । रिटायर्ड मेजर उत्तम शेरचन नयाँ कार्यसमितिको लागि प्रमुख निर्वाचन आयुक्तको भुमिका निभाउन गार्हो कार्य भएपनि तपाईहरु सम्पुर्णको साथ र सहयोगले त्यो काम सहज भएकोमा सबैलाई धन्यवाद दिए ।

स्वागत मन्तब्यकै क्रममा निवर्तमान अध्यक्ष रिटायर्ड वारेन्ट अफिसर दिल कुमार राईले उक्त निर्वाचन सफल पार्न कयौ दिन खटिएर गृहकार्य गर्ने निर्वाचन आयुक्तका सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद दिए । निवर्तमान अध्यक्षले ज्यादै भावुक हुदै विगत वर्षमा यस समाजले १० जना सदस्यहरु गुमाउदा ज्यादै दुःख लागेका वताए र यस्तो कठिन घडि एकै वर्षमा अव नआएको राम्रो भनि ब्यक्त गरे ।

साँझ ७ बजे देखि १० बजे सम्म चलेको कार्यकमलाई समाजका महा सचिव बिरेन्द्र काम्बाङ्ले सञ्चालन गरेका थिए ।

गत २१ अगस्टको दिन मेडिस्टन ग्रामर ईस्कुलमा भएको अधिवेशनबाट चयन भएको कार्य समितिः

अध्यक्षः श्री ध्रुब गौतम
उपाध्यक्षः श्री महेन्द्र के सी
महा सचिवः बिरेन्द्र काम्बाङ्
कोषध्यक्षः श्री बिनोद बुडाथोकी
सह–कोषध्यक्षः श्री तोप थापा
समाजघर ईन्चार्जः श्री दिपराज राई
खेलकूद सचिवः श्री लोक चेम्जोङ्
मेडिया सचिवः सुरेन्द्र इङ्नाम
कल्चर सचिवः श्री देबेन्द्र राई
मनोचञ्जन सचिवः उनिल पुर्ण गुरुङ्ग