शेष घलेद्धारा एनआरएन युकेको कार्यालय उद्घाटन

लण्डन, गत ११ अक्टोबर २०२१ का दिन गैर आवासिय नेपाली संघ युकेको कार्यालयको उद्घाटन शेष घलेद्धारा भएको छ ।

हालसालै स्थापना गरिएको कार्यालयको एनआरएन पूर्व अध्यक्ष तथा संरक्षक शेष घलेले उद्घाटन गरेका हुन । उनले प्रत्येक मुलुकमा एनआरएनहरु त्यहि मुलुकको सरकार अन्तर्गत दर्ता हुनेक्रम बढ्दो भएकोले एकमुलुक र अर्को मुलुकको एनआरएन बीच समन्वयको निमित्त सम्झौता हुनुपर्ने विचार ब्यक्त गरे । उदघाटन शत्रमा एनआरएन युकेका पूर्व अध्यक्ष योगेन्द्र क्षेत्रीले वियोण्ड २०२० लागु कतिसम्म भयो त्यसको लेखाजोखा हुनुपर्ने र त्यसलाई पूर्ण लागू नगर्नु नै अहिलेको यो निर्वाचन सर्ने सम्मको वेतिथी भएको तर्क गरे । समारोहमा एनआरएन युकेका संरक्षक शेर बहादुर सुनार, अमेरिकाबाट आएका आउदो निर्वाचनको लागि महासचिवका उम्मेदवार केशव पौडेल, जर्मनीबाट आएका सन्तोष भट्टराई, आयरल्याण्डबाट आएका सागर लामा र अमेरिकाबाटै आएका राजन त्रिपाठी लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।

एनआरएन युकेका अध्यक्ष प्रेम गाह मगरको अध्यक्षतामा भएको समारोहलाई महासचिव खुसि लिम्बु र प्रवक्ता भरतमणि चोङवाङले संचालन गरेका थिए साथै लाईभ प्रसारण www.nepalisamachar.com ले गरेका थिए । उक्उत दघाटन गरिएको कार्यालय अल्डरसट टाउनको काउन्टी स्क्वायर सपिङ सेन्टर भित्र स्थापना गरिएको हो ।