लाहुरे बाबुको युद्धकथा

लेखक – औतारी साइला गुरुङ
यु के।

“भि सि गन्जु लामा र मेरो बाबु एउटै कम्पनिका थिए छ”
आफु सानो छदा स्वर्गीय पुज्यनिय श्री कर्ण वीर गुरुङ मेरो बाबु को जिवान कहानी खुबै सुन्ने गर्थे। किनहो किन बाबा संग को भलाकुसारि सुरु भए पछि बिशेष म र पाचै भाइ छोराहरु मख्खै परेर सुन्ने गर्थ्यौ।यति सम्म कि बेलुका गफ सुरु भयो भने रातिको बाह्रै बज्थ्यो। कुनै बेला भने दिनमा सुरु भयो भने बाहिर मान्छे आउदा कुकुरले मान्छे लाई भुक्दा हामी लाई को आयो को गयो अत्तोपत्तो हुदैन थियो। खै त्यो घरमा मान्छे भित्र बोलेको सुनिन्थ्यो, बाहिर कुकुर समाई दिने मान्छे कोहि निस्केन, फर्केर आए, भन्ने दुखेसो धेरै बाट सुन्यौ। र पनि हाम्रो दिन चार्य भने फुर्सदमा निरन्तर बाबाको बास्ताबिक्ता के कस्तो थियो, सुन्नै चाहान्थ्यौ। एक दिन बाबाले भन्नु भयो अब तिमारु धेरै पढ्नु पर्छ, लाहुर जानु हुदैन भन्नु मात्र के भाथ्यो, मैले किन बाबु तपाइँ चै जाने, हामी चै नजाने ? प्रश्न गरे ,यता कुरासुन, भन्दै बाबुको जिवान कहानी यसरी सुरु भयो।मेरो बाबु तिमार्को बाजे गाउमा धेरै धनी हुनु हुन्थ्यो। बाबु आमाले भनेको कुरा म प्राय सबै मान्दैन थिए, कारण पुल्पुलिएर मेरो उमेर बड्दै गयो, पातिन्दै गए। एक दिन आमाले ताक्मारे धान, रातो चामलको भात दिनु भयो मैले रातो धानको भात खादिन भनेर लात्ताले पर हानी दिए। आमा दुखी बन्नु भयो!!! “(जुन चामल लाई अहिले मार्सी चामल भन्दो रहेछ)”
पून: आमाले सेतो धानको भात पकाएर दिनु भयो ! अनि खुसी भएर खाए। बाजेको कुरा बाबुले यसरी भन्नु भयो। तिमारको बाजेले त्यो बेला काठको बाकसमा,धोक्रोमा, जोर बिट्टे रुपैयाँ बाह्र पाथी, राख्नु हुन्थ्यो, र बेला बेलामा घाममा सुकाउनु हुन्थ्यो। गाउका सबैले मेरो बाबु लाई कुबेर भन्नु हुन्थ्यो। अनि कसरी बाजेको नाम हस्तबिर बाट कुबेर भयो ? प्रश्न गर्दा “(कुबेर भनेको नाम हैन, धनी हो, भन्नु भयो)” केही दिन पछि सात मोहर पैसा निकालेर घर बटा भर्ती हुन भागेर सन् 1939 मा भारत पुगे र भर्ती भए। अनि के भयो तेस पछि? सोधौ दोस्रो बिश्व युद्ध सुरु भयो। लडाइ गर्दै गर्दै सन् 1944 बर्मामा पुग्यौं “(गन्जु लामाले त्येही भि सि पायो)” घना जङ्गल भएको कारणले जापानीज सेनाले बर्मामा यत्रतत्र अधि पत्य जमाई सकेको थियो। जङ्गलमा एक हप्ता रासन सप्लाई भएन ! कतिलेत केही नपाएर आफैले लगाएको बुट्को छाला काटेर सुप बनाएर पनि खायौ !! कति दिनमा मटिङ्ग्रा जत्रो दिशा आउथो !!! बल्लतल्ल रासन सप्लाई भयो। खानत खायौ, तर खानले पनि मात्तिदो रहेछ। खाईसके पछि सबै एक दुई घन्टा माछा जस्तै शिल लागेर सुते छौ। पून: जङ्गलमा दुश्मन संग खेदा खेद सुरु भयो। त्येसै क्रममा बाबुले भन्नु भयो म गनर थिए, कम्पनिको सबै भन्दा अघि हिड्नु पर्थ्यो। अघि बढ्ने क्रममा एउटा दम्सैलो डाडामा पुग्यौं, केही तल गैरा चउरमा १५/१६ जना दुश्मनहरु गोलो सर्कलमा मिटिङ्ग गरि रहेको देखे र मैले हातको ईशारा गरेर दुश्मन देखेको संकेत गरे, जम्दार साब खै के देखौ ? उ दुश्मन भने मैले अलरेडि गनले दुश्मन लाई ताकी सकेको थिए र मैले भने साब हानौ ? एक्छिन पछाडि बाट फायर खोल्ने हुकुम आए पछि मात्र भन्यो ,मैले भने आ लडाइँमा पनि हुकुम न सुकुम भनेर भुटुटुटु दुश्मन लाई भुटे सबै लड्यो ! तर एउटा भने लडेन हेर्दा हेर्दै भित्तामा पस्यो। केही बेरमा जमिन मुनि बाट भुटुटुटु गोलि चल्यो।केही बेर रुख मुनि धारे भएर बस्यौ, मुनि बाट गोलि आउन बन्द भयो।अघि दुश्मन पसेको भित्ता तर्फ लाग्यौ, त्यहा दुलो बनाएको रहेछ। ।मेरो कम्पनी कमान्डरले भन्यो, (गन्को दुलोमा हान )२ अनि मैले घुडा टेकेर हानेको मात्र के थियो हाते गृनेट मेरो अगाडि पड्कियो। दायाँ पाखुरा चस्सै गर्यो, यसो हेर्दात मसल छैन !! हड्डी मात्र छेउमा जम्दार साब देखे, साब गृनेटले लाग्यो! पानी देउन,उ पनि छिचिमिरा खाएको भ्यागुता जस्तै अरठ्ठै पर्दै भन्यो , मलाइ पनि लाग्यो ! साच्चिकै भुडी बाट दिसा निस्कन्दै गरेको देखे पछि म बेहोश भएछु। दुई घन्टा जतिमा पून: होस आयो, कतै बेला बेलामा गोलि चलेको आवाज सुने आँखा मधुरो देख्दा देख्दै छ्याङै देखे सबै होस् आयो म लडाइँमा थिए याद भयो। घाउ सबै चरियाई रहेको थियो। झिंगा भन्किन्दै गरेको देखे र माथी डाडा माथी रुख्मा टुङ देखे त्यही बाट तल लडेको घाईते जो जो उठ्छ उसलाई हान्दो रहेछ, याद भयो। म बिस्तारै सर्प जस्तै घिस्रन्दै केही पर पुगे, अब दुई पाईला छ अन्दाजी डिल भने पछि ब्रुक्क उफ्रेर हाम फाले, थाहा थिएन त्यहा के छ। अग्ल्लो डिल रहेछ। बिचमा खस्रुको रुख रहेछ। अग्लो डिल लाई छोटो बनाउन दाहिने हातले च्याप्प रुख लाई समाए, एक दुई फन्को रुखमा बेरिएर तल गह्रामा बज्रीए ! फेरि बेहोस भएछु ! फेरि केही बेरमा होस् आयो। डिल माथी बायाँ हातको मसल थिएन ! भने डिल मुनि पुग्दा दायाँ हातको छाला छैन !! त्यो बेला चार पाँच बर्षा को घरको याद आयो जति रुनु थियो सबै रुए तेति धनी बाबुको छोरा थुक्का म आफैले आफै लाई धिकारे , दिन ढल्की सकेको थियो, सास आयो आस पलायो, कतै बाच्छु कि भनेर केही परो गैरामा पुगे,कम्पनिको पाँच जना साथीहरू लुकि राखेको भेटे , मैले भने के हो यहाँ आफु भने यस्तो भएर लड्ने, तिमीहरु चै यहाँ लुक्ने?अब कम्पनी कमान्डर लाई भनी दिन्छु भने उनीहरुले हात जोडेर भने लडाइँमा ज्यान जोगाउनु पर्छ, प्लिज नभनी देउ भनेर मलाई फकाए केही खाने कुरा पनि खुवाए र संगै लगे भिराइलो पाखामा पुग्दा रात पर्यो म हिड्न सकिन ! तिनिहरुले छाडेर गए !! एउटा चिलाउने को रुख भेटे त्येसैमा बुट अड्यएर बसे झिमिक्क निदाउदो रैछु, खुट्टा लुलो भएर लडि झर्दो रहेछु। त्यो बेला सबै छेस्का छेस्किले घाउ छोएर घोचेर झन्दै 20 सौ पल्ट हुरुक हुरुक हुँदै रात भरि रोए!!! घर सम्झे सायद आमाले दिनु भएको ताक्मारे धान्को भात लाई लात हानेको पाप लागेको होला सम्झदै भर रात रुएर बिताए, उज्यलो भयो। कहाछु जाने कहाँ थाहा छैन।अगाडी बढे एउटा ठाडो बाटो भेटे, त्यो तलो डाडाको फेदमा सम्म ठाउँमा एउटा केम्प देखे।ला दुस्मनको केम्प होला, अबचै मार्ने भयो। चारै तिर हेर्दै थिए त्यो बाटो हुँदै एक जना मान्छे म भए तिर उकालो आउदै गरेको देखे, ला दुश्मन होला अब मलाई मार्ने भयो ! आ डिल माथी सकि नसकी केही ढुङ्गा भेला गरे उस्ले मार्नु भन्दा अघि म पनि ढुङाले किच्चाउछु, भनेर लुकेर ढुके। नजिक्मा आएर एउटा गगुनको पात टिपेर छेउमा कुवा रहेछ , पानी उघाएर खल, खल पिए त्यो बेला राम्रो ठिमाएर हेर्दा आफ्नै कम्पनीको सुबेदार साब रहेछ। खुसी हुँदै उलाई बोलाउदै छेउमा गए बोल्नु भएन, साब किन नबोल्नु भाको ? म फलना भने त्यो बेला पो ह ह ह भन्दै जिब्रो देखाए जिब्रो गोलिले जरा फेदै लगाएर चुटाएको रैछ!! हामी एक अर्का लाई हेर्दै भावुक भयौ र पून:अरु पनि साथीहरू भेटिन्छकी भनेर अगाडि बढ्यौं। केही पर पुगे पछि घाईते र हराको पराको लाई खोजी तलासी गर्ने कम्पनिको टिम लाई भेटिउ र अस्पताल लगेर म बाचे, भनेर यथार्थ युद्ध कथा सुनाउदै भक्कानिनु भयो। तेसैले तिमारु भर्ती नजानु भन्नू भयो। हुन्छत भन्यौ, भाग्यको रेखा के मेटिदो रहेछ र सबै पाचै भाइ मात्र नभएर एउटा भएको चेली पनि लाहुरे संगै बिबाह भयो। छ जनानै लाहुरे भयौ।

अन्ततः “(गोर्खा ईतिहास महिना)”११ अक्टोबर बाट सुरु भएर ११ नोवेम्बर २०२१ यस्तै सत्यतथ्य लेख लाई संजालमा छपाइ प्रतेक बर्ष निरन्तरता दिइने छौ, नोवेम्बर १३/१४ २०२१ भर्चुअल माध्यम बाट बिनेसाम युकेका साउथ साखा र पश्चिम साखा बाट भब्य र सब्य बिश्वब्यापी भि सि राम बहादुर लिम्बू लगायत १३ रै जना भि सि का छोरा नाति सबै लाई जुम्मा जोडिएर उहाहरुको यथार्थ जानकारी गराउने प्रकारको कबिता लेख सथै भला कुसारी गराउनु हाम्रो उदेश्य हो।

ईति सन् २०२१ ११ अक्टोबर १ शुभम