केवाईसी वेस्ट केन्ट शाखाको बलिहाङ तङ्नाम २०२१ भब्यरुपमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम
मेडिस्टन, यूके

गत २३ अक्टोबर २०२१ को साँझ वेलायतको कक्सहिथ समाज घरमा केवाईसी वेस्ट केन्ट शाखाले आयोजना गरेको बलिहाङ तङ्नाम भब्यरुपमा सम्पन्न भएको थियो ।

संस्थाका सानो भान्जा ताङ्साङ् थोक्लुङ लिम्बूले नेपाली राष्ट्रिय गीत पियानोमा बजाएर औपचारिक रुपमा शुरुवात गरिएको सो तङ्नाममा संस्थाका उपाध्यक्ष मेनुका आङ्छङ्बो ज्युले लिम्बू गीत गाएर सम्पूर्ण आगन्तुक हरुलाई स्वागत गरेका थिए ।

बलिहाङ तङ्नामको उद्घाटन गर्दै अध्यक्ष बीरनरसिंङ् हुक्पाचोङ्बाङ् लिम्बूले सम्पूर्ण आगन्तुक हरुलाई यस कार्यक्रममा आएर कार्यक्रम लाई सफल र पुर्ण बनाई दिनु भएकोमा धेरै धेरै धन्यवाद ब्यक्त गर्दै विगत दुई वर्षलाई पनि स्मरण गर्नुभयो कोरोनाको कहरले संसार अस्तव्यस्त भएकोले गर्दा केन्ट शाखा लाई पनि असर पारेकोले कुनै कार्यक्रमहरु प्रत्यछ्य रुपले गर्न नपाएको ब्यक्त गरे । यसपटक भने भ्याक्सिनले गर्दा हामी ठूलो समुहमा जमघट भई कार्यक्रमहरु गर्न पाईएकोले आज हामी यहाँ भेला भएर हाम्रो अति नै महत्वपूर्ण चाड बलिहाङ तङ्नाम मनाउन सफल भएको भनि ब्यक्त गरे ।

कार्यक्रमको पहिलो चरणमा च्याब्रुङ समूह: श्री केशर एभेङ, श्री बिरधोज तेम्बे, श्रीमती हेम कुमारी लिम्बु, सालीना लिम्बु, श्रीमती बिष्णु प्राङ्देन, श्रीमती दुर्गा आङ्बुहाङ, कन्चन मादेन र साथिहरुले समूहमा नाँच देखाएर मनोरन्जन कार्यक्रमको सुरुवात गरिएको थियो । त्यसपश्चात केशर एभेङ अनि उहाँको समूहले नाम्लिङ्गेक गाएर च्याब्रुङ समूहले सहयोग गर्दै निकै लामो नाम्लिङ्गेक र सरिता नेम्बाङले पालाम प्रस्तुत गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा श्रीमती मेनुका आङ्छङ्बो राई, श्रीमती मिना तुम्बाहाङ्फे श्रीमती सुनिता लिम्बु श्रीमती बिके चोङ्बाङ र सबिता तुम्बाहाङ्फेले हाक्पारे साम्लो गाएर उठान गरिएको उक्त चराणमा डिना राई, पुनम लिम्बु, जेशी लिम्बु, एन्जेला, रस्मिता र लिना भान्जीहरुले कुशल नृत्य र ताङ्साङ् र तयङ थक्लुङ् भन्जाहरुले गीत गाएर सम्पुरणलाई मन्त्रमुग्ध बनाएका थिए ।

साँझ ५ बजेबाट शुरु भएर राति ११ बजे सकिएको उक्त कार्यक्रमलाई उद्घाटन समारोह संस्थाका सचिव श्रीमती सबिता तुम्बाहाङ्फे लाबुङ्ले सन्चालन गरेका थिए भने मनोरन्जन कार्यक्रमलाई सबिन तुम्बाहङ्फे र सिर्जना नीङ्लेकुले सामुहिक रुपमा सन्चालन गरेका थिए ।