‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने

हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने भएको छ ।

डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने यसका संचालक जितु नेपालले पुष्टी गरे ।

जितुले यो शो बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ शो दर्शकमाझ ल्याउने जानकारी दिए । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।

उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दैछन् । जितुले भने–‘हुनत, म यो कार्यक्रमलाई बन्द गर्ने सोचमा नै थिएँ । सबै कलाकारलाई मायाको चिनो दिएर राम्रोसँग बन्द गर्ने सोचमा थिएँ । तर, उमेशजी अर्को शोको पनि होस्ट बन्ने हुनुभएछ । अब, दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्छ भन्ने पनि लाग्यो ।

यो शोलाई प्रायोजन गर्दै आएको कि एड्भरटाइजिङले उमेश दुबैतिर एउटै गेटअपमा देखिदा समस्या नहुने बताएपछि जितुले शो बन्द गर्ने मुड बनाए ।

को हुन् फुलन्देकी ‘आमा’एक दिन आफू चर्चित हास्य कलाकार हुन्छु भनेर उमेश राईले कहिल्यै पनि सोचेका थिएनन्।

दुई वर्ष साउदी अरेबियामा ‘स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उमेश नेपाल फर्किए र चर्चित कलाकार बन्न पुगे।भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हास्य क्षेत्रमा सफलता हात परे।

यो क्षेत्रमा नयाँ अनुहार भए पनि उनले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा निर्वाह गर्ने ‘फुलन्देको आमा’ भूमिकामा कारणा उनी रूचाइएका छन्।

महिला पात्रको भूमिका गरेपछि लैङ्गिक मुद्दालाई हेर्ने आफ्नो दृष्टिकोण परिवर्तन भएको उनी बताउँछन्।पुरुष भन्दा महिला कुनै पक्षमा कमजोर नहुने उनको बुझाइ छ।

धेरै दर्शकले अझै म उमेश राई हो भनेर चिनेका छैनन्, अधिकांशले महिला नै ठान्छन् । दर्शकले उमेश राईलाई भन्दा ‘फुलन्देको आमा’लाई चिन्छन् । मैले महिला बनेर अभिनय गर्न थालेको केही वर्ष भयो, जसबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । करिब १०० वटा म्युजिक भिडियोमा पनि अभिनय गरिसकेको छु ।

कमाई पनि राम्रै भइरहेको छ। हजारौं दर्शकको माया पाएको छु । तरपनि उनी आफूलाई एक साधारण ब्यक्ति भन्न रुचाउँछन्। उनमा त्यो घमण्ड तडकभडक देखिँदैन पनि। ‘क्यामेरा र स्टेजमा मात्र हो कलाकार फिल हुने। अरुबेला त कलाकार हुँ जस्तो नै लाग्दैन्’, उमेश साधारण सुनिन्छन्।