बान्तवालाई आर्चरी खेल सामग्री हस्तान्तरण

काठमाडौँ, २३ असोज । नेपाल आर्चरी सङ्घले टिआइए आर्चरी क्लबलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल आर्चरी सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठले टिआइएका वरिष्ठ प्रशिक्षक रामकाजी वान्तवालाई तीन थान आर्चरी सेट हस्तान्तरण गर्नुभयो ।

सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठले आर्चरी ( धनुषबाण) खेलको विकास र विस्तारको लागि सो सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।

उहाँले केही समयपछि नेपालमा पहिलो पटक आर्चरी प्रतियोगिताको आयोजना हुन लागेको जानकारी दिँदै सो सामग्रीले आर्चस खेलाडीहरूलाई अभ्यास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आर्चरी खेलका वरिष्ठ प्रशिक्षक रामकाजी वान्तवाले सो खेलको विकास गर्नसके अन्तर्राष्ट्रियस्तरमा नेपालको झण्डा फहराउनुको साथै पदकसमेत हात पार्ने उल्लेख गर्नुभयो ।

सो खेल सामग्री कोरियाबाट ल्याइएको हो ।