”मिल्नु पर्ने ठाउँमा हामी मिल्ने छौं” (कुमार लिङदेन ‘मिराक’)

अष्ट्रेलियामा क्रियासिल संस्था ” नेपाली आदिबासी जनजाती मंच अष्ट्रेलिया” का प्राय: साथीहरु गणेश तामाङ, नीमा शेर्पा, सुदिप भट्टचन, भिम राजवंशीहरु माघको पहिलो हप्ता काठमाडौँमा हुनुहुन्थ्यो |

माघ ७ गते उहाँहरुले नयाँ वानेश्वरमा आदिवासीका मुद्दा र पहिचान सहितको संघीयताको लागि नेपालमा लडिरहेका पार्टीहरुको नेताहरुलाई एक ठाउँमा राखेर एकीकृत पार्टी निर्माणको बारेमा बहस गर्ने वातावरण तर्जुमा गर्नु भयो |

अधिकांस साथीहरुले अशोक राई ज्युले नेतृत्व गर्नु भएको संघीय समाजबादी र डा. चैतन्य सुब्बाले नेतृत्व गर्नु भएको सामाजिक लोकतान्त्रिक पार्टी एकाताका हुनुपर्ने कुरा उठाए | तर ,उहाँहरुकै कुरा सुन्दाचाहिं एउटा कम्युनिष्ट लाइनबाट र अर्को पुँजीवादी लाइनबाट प्रतक्ष्य प्रभावित भएको प्रस्ट बुझ्न सकिन्थ्यो |

धेरैले पुन: थपे- “भर्खर बनिरहेको दुईवटा पार्टीको बारेमा यत्रो चिन्तित ! तर हिजो एकदमै कठिन घडीमा लिम्बुवान, संघीयताका मुद्धाहरू, जातीय समानुपातिकका मुद्धारू उठाएर युद्धको मैदान सम्हालिरहेका पार्टीहरुको बारेमा भुलियो भने बहसले निचोड पाउला के ?” भन्ने कुराहारु पनि जोडले उठ्यो |

यसमा हामीले खासै केही बोलेनौं | किनकि, हिजोको शुन्यतामा पहिचान सहितका मुद्धारू उठान गर्नु र पार्टीमाथि पटक-पटक भएका आक्रमणहरुलाई परास्त गर्नुमा धेरै समय खर्चिनु पर्यो | अहिले काम गर्न तम्सिनु भएका साथीहरुको लागि माहोल अलरेडी राम्रो बनिसकेको छ | हिजोको जस्तो अप्ठ्यारो अवश्य हुने छैन |
सुझाब दिनेहरुमध्ये डा. मुक्तासिंह लामाको सुझाब ले मन छोयो | वहांको कुरा थियो- “नयाँहरुको कुरा गर्दा पुरानोहरुलाई बिर्स्यौभने त्यो तार्किक हुँदैन | अब, सबै पहिचानवादीहरुले एकिकृत आन्दोलन हाक्नुपर्छ अनि त्यो संघर्षको मैदानबीचमा नै कसको पहुंच कति हुने र को कति इमान्दारपूर्वक लागेको छ र को को बीचचमा एकता गर्नुपर्ने हो फिल्डले नै सहज गर्नेछ |” साँच्चै, आज एकिकृत आन्दोलनको जरुरत छ | ठूलो पार्टी हुँदैमा त्यसलेआन्दोलन हाँकछ नै भन्ने पनि नहुदो रहेछ | अनि अर्को, अहिलेको हाम्रो लडाई ठूलो पार्टी बनाएर ठूलो नेता हुनुको लागि हो कि पहिचान स्थापना गर्ने लडाई हो ? बिषय निकै गम्भीर छ |

संविधान सभा कहाँनिर अडकियो भन्दा राज्यको नामकारण र सिमांकनमा | अनि, अहिलेको हाम्रो गतिविधिले फेरि पनि लिम्बुवान, खम्बुवान, तामाङसालीङ, तमुवान लगायत नामहरुलाई स्थापित गर्न सकेको छ कि छैन होला गम्भीर हुनुपर्छ कि भन्ने कुराहरु राख्यौं | कति साथीहरुलाई हाम्रो कुरा सधै तीतो र अनमेल लाग्ने गरेको छ | तर के गर्ने नेपाली राजनीतिको तीतो वास्तविकता नै त्यही छ |

अन्त्यमा, हामी आन्दोलनको मोर्चादेखि चुनाबी मोर्चासम्म सहकार्य गर्ने अत्यन्त प्रतिवद्ध छौं भनेर हाम्रो पार्टीको तर्फबाट भन्यौं र भनिरहेका छौ |

मिल्नु पर्ने ठाउँमा हामी सधै मिल्ने छौं | तर नेपालको लिम्बुवान सहितको संघीयताको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने हाम्रो आफ्नै दृष्टिकोण पनि छ |
जय लिम्बुवान ,संघीय अभिभादन !