मोरंगमा भेटघाट र जिउदो शहिदलाइ घडी उपहार
कुमार लिङ्देन “मिराक”
आज माघ २१ गते मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद मोरंग जिल्ला कार्य समितिको कार्यालय पथरीमा मोरंग का के स ,बै के स ,रास्ट्रीय पार्सद ,जिल्ला सचिबालय
का नेताहरु संग सामुहिक भेटघाट गरि राय सुझाब आदान प्रदान गरियो |सोहि अवसर मा लिम्बुवान आन्दोलन का जिउदो शहिद दुर्गा वनेम जि लाइ एउटा घडी उपहार प्रदान गरियो |अस्ति ,कोरिया -हंगकंग भ्रमण मा प्राप्त भएको एउटा घडी जिउदो शहिद भनेर सम्मानित व्यक्तित्व दुर्गा वनेम जि लाइ उपहार दिन पाउदा खुशी लाग्यो |२०६३ मंगसिर २६ को पहिलो लिम्बुवान बन्द मा इटहरी को बुधिखोला पुल मा हतियारधारी एकात्मक बादी भिजिलान्ते हरु संग संग खाली हात साहस का साथ लड्दा दुर्गा वनेम जि ले एउटा आखा सदाको लागि गुमाउनु भएको छ |उहा ,लिम्बुवान आन्दोलन को पहिलो घाइते हो तर आज पनि उहा लिम्बुवान को हर कार्यक्रम मा हामी संग साथ मा साथ हिड्नु हुन्छ ,उहाको मनोबल अलिकति पनि खस्किएको छैन |उहालाई हतियार प्रहार गर्ने भिजिलान्ते को नायके पनि भाग्ने क्रम मा केहि दिन पछी नै मोटर साइकल एक्सिडेन्ट भएर मर्यो |दुर्गा जि लाइ आक्रमण गरेको १० मिनट भित्र लिम्बुवान भोलेन्टियर्स ले त्यस क्षेत्र मा भिषण प्रत्याक्रमण अभियान चाल्यो |घाइते हरुको र शहिद हरुको तिनै महान बलिदान ले तपाइँ हामीहरुलाई सधै इमान्दार र शाहसी भएर लिम्बुवानी आन्दोलन मा लागिरहने प्रेरणा दिन्छ |जय लिम्बुवान ,संघीय अभिभादन
