प्रेस विज्ञप्ति: नेपाली आदिवासी जनजाती संघर्ष समिती जर्मनी
प्रेस विज्ञप्ति ´
हालै साँघु साप्ताहिक भन्ने पत्रिकामा, नेपाल आदिवासी जनजाती महासंघको महासचिब आङ काजी शेर्पामाथी गहिरो आक्षेप लगाईएर छापिएको खबरप्रति हामी जर्मनी रहेको नेपाली आदिवासी जनजातीहरुको गहिरो ध्यानाकार्षण भएकोछ।
अन-लाइन खबर भन्ने, वेव-पत्रिका मार्फत, साँघु साप्ताहिकमा छापिएको भन्ने महासचिब आङ काजी शेर्पामाथीको आरोप कपोकल्पित त यसै छदैछ, त्यसमा नियोजित बाहुनवादी षड्यन्त्रको प्रचुर गन्ध सहजै सामन्य मानिसले समेत लगाउनु सकिन्छ।
ने आ ज महासघंको महासचिब आङ काजी शेर्पा, गत 8 जुलाईको नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको पहिलो अधिवेशनमा प्रमुख अतिथिको हैसियतले भाग लिनु आउनु हुँदा, 6 जुलाईमा जर्मनीको फ्र्यांकफर्ट शहर हुदै, ह्यामबर्ग शहरमा जर्मनीको आदिवासी जनजातीहरुसंग अन्तरक्रिया गरि बेल्जियम पुग्नु भएको हो।
सो भ्रमण अवधिमा, बेल्जियमबाट पोर्तुगाल हुदै फेरि, जर्मनीको मियुनिख शहर हुदै फ्र्यांकफर्टमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभई बेल्जियम हुदै नेपाल प्रस्थान गर्नु भएको हो।
म जर्मनीको फ्र्यांकफर्ट शहर निवासी चाप्चा राई, निवासी उहाँ महासचिबसंगै, ह्यामबर्ग-जर्मनी, लुभेन-बेल्जियम अनि फ्र्यांकफर्ट-जर्मनीको तिन अन्तरक्रियात्मक अनि अधिवेशनहरुमा प्रत्यक्ष सहभागी भएको हुँ।
सो बेलामा, जर्मनीको तिन शहरहरुमा कतै पनि उहाँलाई, नेपाल आदिवासी जनजाती महासघं – नेपालको नाममा एक पैसा दाम चन्दा उठाईएर दिइएको छैन।
बेल्जियमको आदिवासी जनजातीहरुसंग मेरो राम्रो सह-कार्य रहेको हुँदा, त्यहाँबाट पनि त्यस्तो कुनै चन्दा-रकमको बिषय उठान भएको अहिलेसम्म सुनिएको छैन।
यो आदिवासी जनजातीहरुमाँझ, धुर्त-भ्रमको खेति गराएर ! आदिवासी जनजातीहरुको अहिलेको न्यायिक आन्दोलनमा अवरोध पुर्याईने धुर्त-बाहुनवादी चाल बाहेक यो केहि होईन ! भन्ने हाम्रो ठम्याई रहेकोछ।
साथै ,………..
विश्वभरिको आदिवासी जनजातीहरु समक्ष, यस्तो आधारहिन कु-खबर प्रति सचेत रहन अनि, संविधान सभा भंग भएपछिको समयमा उकालिँदो हिसाबमा उक्लिँदै गरेको आदिवासी जनजातीहरुको राजनैतिक, सामाजिक एकता बिकासमा बाधा ल्याईदिने उदेश्यले रचिएको बाहुनवादी घिनलाग्दो जाली षड्यन्त्र भन्दा अरु एक थोपा पनि केहि होईन ! भन्ने बिश्वाश लिनु हुन् आग्रह गर्दछौं।
साथै,
यस किसिमको अनर्गल कु-खबरहरुबाट, आदिवासी जनजातीहरुलाई भन्दापनि, बाहुनवादी मिडियाहरुलाई नै उल्टो जोखिम र घाटा हुन सक्ने सुझाब-चेतवानी दिँदछौं।
चाप्चा राई
संयोजक : नेपाली आदिवासी जनजाती संघर्ष समिती – जर्मनी
