मोरङ राजघाटमा लिम्बुवानको क्षेत्रिय आमसभामा सम्पन्न
तेजन खड्का
उर्लाबारी माघ २७
‘काग्रेस र एमाले बरु इमान्दार छन् किनभने उनिहरुले प्रष्ट रुपमा संघीयता चाहिदैन भनिरहेका छन्’ लिम्बुवानका नेता कुमार लिङ्देनले भन्नुभयो—यहाँ त प्रचण्डको दोधारे चरित्रले देश र जनताले दःुख पाइरहेका हुन् ।’ मञ्च सम्बद्ध संघीय लिम्वुवान राज्य परिषदले शनिवार मोरङको राजघाटमा गरेको आमसभामा बोल्दैे आफूहरुलाई भेट्दा संघीयवादी र कांग्रेस एमालेलाई भेट्दा एकात्मकवादी भएर प्रचण्डले दोबाटोमा पसल थापिरहेको लिङ्देनले बताउनुभयो । उहाँले द्वैधचरित्र भएको भन्दै प्रचण्डलाई फटाहा र संविधान सभा बिघटन गरेको भन्दै एमाले नेता सुवास नेम्वाङलाई गद्दारको संज्ञा दिनुभयो । मुलुक निर्णायक मोडमा रहेको भन्दै अबको लडाई संघीयता विरोधी र संघीयता
पक्षधरबीच हुने लिङ्देनले उद्घोष गर्नुभयो । राज्यका आर्थिक स्रोतहरु केन्द्रिकृत भईरहेको भन्दै उहाँले स्थानीय स्रोतलाई आफ्नै ठाँउमा परिचालन गर्नका लागि संघीयता सहितको लिम्बुवान अपरिहार्य रहेको दाबी गर्नुभयो । कार्यक्रममा एमाले , कांग्रेस र एमाओवादी प्रति अत्यन्तै आक्रामक रुपमा प्रस्तुत हुनुभएका लिङ्देनले यी तीनवटै पार्टीको लिम्बुवान क्षेत्रमा भएका पार्टी कार्यलयको साइनबोर्ड ट्रकमा हालेर काठमाडौं पठाउने चेतावनी दिनुभयो । परिषदका केन्द्रीय अध्यक्ष समेत रहनुभएका लिङ्देनले भन्नुभयो—‘ हेदै जानु होला , संघीताविरोधीहरुको पार्टी कार्यलयका साइनबोर्डहरु पञ्जावी ट्रकमा हालेर काठमाडौं पु¥याउने छौ । लिम्बुवान राज्य प्राप्त नभएसम्म संघर्ष गरिहरने तर संघर्षको स्वरुप भने शान्तिपूर्ण हुने उहाँको कथन थियो । लिम्बुवान क्षेत्र पहिलाको कुरा भनेर काग्रेस र एमालेले लिम्बुवानको मुद्धालाई पन्छाउन खोजेको भन्दै लिङ्देनले आपत्ति प्रकट गर्नुभयो । उहाँले प्रतिप्रश्न गर्नुभयो—२ सय बर्ष अघि रुसमा मरेका लेनिन र जर्मनीमा मरेका माक्र्सहरु एमालेका लागि पहिलाको कुरा किन हुदैन् ? अनि २०३७ सालमा मृत्यु भएका वीपी कोइरालाहरुको तस्विर काग्रेसले किन पुजिरहेको छ ? ‘जसरी एमालेले माक्र्स लेनिनलाई र कांग्रेसले वीपी कोइरालाई बिर्सन सक्दैन , त्यसैगरी हामी लिम्बुवानको इतिहास मेटाउन सक्दैनौ’ उहाँले प्रष्ट पार्दै भन्नुभयो— ‘नेपाल हाम्रो देश हो , लिम्बुवान हाम्रो घर हो ।’
यस्तै , संघिय लोकतान्त्रिक रास्ट्रिय मन्चको महासचिव खगेन्द्र माखिमले आफै संविधानसभा विघटन गरेको कारण कांग्रेस , एमाले र एमाओवादीलाई अबको चुनावमा के को आधारमा भोट दिने भनी प्रश्न गर्नुभयो । हत्या, हिंसा र भ्रष्टाचारमा लिप्त भएकाले ठुला भनिने दलहरुलाई जनताले लखेट्नु पर्ने उहाँले उद्घोष गर्नुभयो । राजघाट दुर्गापुरीस्थित अरनिको उच्च मावि परिसरमा भएको लिम्बुवानी सभामा परिषदका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपमहासचिव बाङ्गाई धिमाल , केन्द्रीय सचिवालय सदस्य विशेन्द्र चेम्जोङ, नेतृ बबिता राई, बैकल्पिक केन्द्रीय सदस्य सुर्य माझी , राष्ट्रिय परिषद सदस्य रामचन्द्र थापा मगर , केदार धिमाल, भानु भट्टराई लगायका नेताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा सयौको संख्यामा कार्यकर्ता र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
यसैबीच आमसभामा गायक डम्बर नेपालीले ‘बिग्रेको मान्छे म भत्केको घर…..’ ‘तिम्रो पाउजु बजेर थाहा पाए अरुले……अन्तिम पल्ट भेट्न आउ जस्ता कर्णप्रिय गीतबाट मनोरञ्जन दिलाएका थिए । यस्तै, गायिका मनु नेम्वाङले याक्थुम्वा भाकाको गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा च्याब्रुङ नाच , सुनुवार र धिमाल नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

