लिम्बुवान सहित ३३ दलीय मोर्चा र सरकारबीच काठमाडौँमा वार्ता सुरु:
साउन २९, नेवा: काठमाडौँ | नेपाल सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाका ४२ वटा राजनीतिक दलबीच आज हुने वार्ता काठमाडौँको कुपन्डोलस्थित होटल हिमालयमा सुरु भएको छ |
आज साउन २९ (अगस्त १३) दिनको १२ बजेबाट सुरु भएको वार्तामा सरकार पक्षबाट गृहमन्त्री माधव घिमिरेको नेत्रित्वमा अन्य ४ जना मन्त्री सहभागी छन् |
३३ दलीय आन्दोलनकारी मोर्चाको तर्फबाट प्रत्येक दलका एक-एक जना शीर्ष नेतृत्वले वार्ताको नेतृत्व गरेका छन् |
वार्तामा पहिले साउन २२ गते ४ दलीय संयन्त्रसंग राखेकै १८ बुँदे मागहरू वार्ताको अजेण्डाको रुपमा राखिएको संघीय मंच तथा लिम्बुवान का वार्ता प्रतिनिधि खगेन्द्र माखिमले जानकारी दिएका छन् |
आजै काठमाडौँ कालिमाटीमा एक कार्यक्रम बीच ३३ दलीय आन्दोलनकर मोर्चाले अघि सारेको वार्ताको १८ बुँदे अजेण्डा बारे बृह
त नागरिक छलफलसमेत भइरहेको खबर छ |
![Dilogue with 33 Partes' Front & Govt of Nepal in Ktm 13 Aug 2013 (5) [1600x1200]](http://www.sanghiya.com/wp-content/uploads/2013/08/Dilogue-with-33-Partes-Front-Govt-of-Nepal-in-Ktm-13-Aug-2013-5-1600x1200.jpg)

![Dilogue with 33 Partes' Front & Govt of Nepal in Ktm 13 Aug 2013 (13) [1600x1200]](http://www.sanghiya.com/wp-content/uploads/2013/08/Dilogue-with-33-Partes-Front-Govt-of-Nepal-in-Ktm-13-Aug-2013-13-1600x1200-1024x768.jpg)
![Dilogue with 33 Partes' Front & Govt of Nepal in Ktm 13 Aug 2013 (14) [1600x1200]](http://www.sanghiya.com/wp-content/uploads/2013/08/Dilogue-with-33-Partes-Front-Govt-of-Nepal-in-Ktm-13-Aug-2013-14-1600x1200.jpg)
![Dilogue with 33 Partes' Front & Govt of Nepal in Ktm 13 Aug 2013 (3) [1600x1200]](http://www.sanghiya.com/wp-content/uploads/2013/08/Dilogue-with-33-Partes-Front-Govt-of-Nepal-in-Ktm-13-Aug-2013-3-1600x1200-1024x768.jpg)