लिम्बुवान सहित ३३ दलीय मोर्चा र सरकारबीच काठमाडौँमा वार्ता सुरु:

साउन २९, नेवा: काठमाडौँ | नेपाल सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाका ४२ वटा राजनीतिक दलबीच आज हुने वार्ता काठमाडौँको कुपन्डोलस्थित होटल हिमालयमा सुरु भएको छ |

आज साउन २९ (अगस्त १३) दिनको १२ बजेबाट सुरु भएको वार्तामा सरकार पक्षबाट गृहमन्त्री माधव घिमिरेको नेत्रित्वमा अन्य ४ जना मन्त्री सहभागी छन् |

३३ दलीय आन्दोलनकारी मोर्चाको तर्फबाट प्रत्येक दलका एक-एक जना शीर्ष नेतृत्वले वार्ताको नेतृत्व गरेका छन् |

वार्तामा पहिले साउन २२ गते ४ दलीय संयन्त्रसंग राखेकै १८ बुँदे मागहरू वार्ताको अजेण्डाको रुपमा राखिएको संघीय मंच तथा लिम्बुवान का वार्ता प्रतिनिधि खगेन्द्र माखिमले जानकारी दिएका छन् |

आजै काठमाडौँ कालिमाटीमा एक कार्यक्रम बीच ३३ दलीय आन्दोलनकर मोर्चाले अघि सारेको वार्ताको १८ बुँदे अजेण्डा बारे बृह

त नागरिक छलफलसमेत भइरहेको खबर छ |