लिम्बुवान सहित ३३ दल र ४ दलीय सिण्डिकेट बीचको वार्ता भङ्ग !

भदौ, ८, नेवा: काठमाडौँ | अन्तत: ४ दलीय सिण्डिकेट र लिम्बुवान सहितको ३३ दल  आन्दोलनकारी मोर्चा बीचको औपचारिक वार्ता ब्रेक भएको छ |

यही भदौ ६ गते समग्र राजनीतिक निकासका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने सहमति भएको थियो | तर, सो सहमतिलाई ४ दलीय सिण्डिकेटले केवल अल्मलाउने र जिस्क्याउने कदमको रुपमा मात्र लिएको प्रष्ट भएको छ |

भदौ ६ कै सहमति अनुसार ३३ दल ले गोलमेच सम्मेलनको लागि विधि र प्रक्रिया समेत लिखित रुपमै तयार गरी आजको बैठकमा पेश गरेको थियो |

तर, त्यपछिको ४ दलीय छलफलपछि एक्कासी एकपक्षीय रुपले ३३ दल ले वार्ताको अजेण्डाको रुपमा पेश गरेको १८ बुँदे प्रस्ताब र आज पेश गरिएको गोलमेचको प्रक्रिया बारेको प्रस्ताव दुबैलाई अस्वीकार गर्दै विना सर्त मंसीर ४ चुनाबलाई स्वीकार गरेर जानु पर्ने एकोहोरो अडान राखेपछि अब सम्पूर्ण वार्ता प्रक्रिया नै ब्रेक भएको जानकारी लिम्बुवानका वार्ता प्रतिनिधि खगेन्द्र मखिमले दिएका छन् |