लण्डनमा जनजाति महिलाको च्यारिटी डिनर, २ लाख संकलन ।

लण्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ (नेआजमम) यूके ले गत आइतबार एक च्यारिटी डिनरको आयोजना गरी दुई लाख रुपैयाँ सहयोग संकलन गरेको छ ।

पश्चिम लण्डनको नर्थहोल्टस्थित गोल्डनसिप रेस्टुरामा सम्पन्न च्यारिटी डिनर लाई सफल पार्न आदिवासी जनजाति महासंघ(नेफिन)यूके र आदिवासीजनजाति पत्रकार महासंघ(फोनिज)यूकेको विशेष सहायता रह्यो ।

सञ्युक्त अनाथ तथा अपांग एकता केन्द्र नेपाल र पवर्तारोही पत्रकार देउराली चाम्लिङको सगरमाथा आरोहण अभियानको लागि सहयोग संकलन गर्न च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको नेआजमम अध्यक्ष श्रीमती वमला कुमारी राईले बताइन् ।

सांझ ६ बजेदेखि शुरुभएको कार्यक्रममा बेलायतस्थित बिभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र समाजसेवीहरुको उपस्थिति रह्यो ।
कार्यक्रमको पहिलो सत्र महासचिव वशुन्धरा याख्खाले सकचालन गरिन् भने दोस्रो सत्रको सांगेतिक कार्यक्रम कर्मा पहाडीले सञ्चालन गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली आदिवासी जनजाति महासंघ (नेफिन) यूके का अध्यक्ष तुल छन्त्यालले महिला महासंघले गरेको यस कार्यका लागि धन्यवाद दि दै भविस्यका प्रयासहरुमा पनि नेफिन यूके को सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रम समापन गर्न क्रममा अध्यक्ष श्रीमिती बिमला राईले च्यारिटी डिनर सफल पार्न सहयोग गर्न नेआजमम कार्यसमितिका सहकर्मिहरु नेफिन यूके, फोनिज यूके, दाताहरु र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भविश्यमा पनि यस्तै सहयोगको अपेपा राखेको बताइन् ।

साभार: www.nepalipatra.com