किन होला यो छातीमा यती धेरै ब्यथा

किन होला यो छातीमा यती धेरै ब्यथा

गीत बनाई सुनाई दिउकी मेरा जीवनकथा

 

उजाड देख्छु जताततै बसन्तको याम पनि

उदाएन जिन्दगीमा कहिल्यै न्याँनो घाम पनि

गह भरी आँसु लुकाई हाँस्न खोज्दा मैले

बिरहले छोपी दिन्छ यो तन मन जहिले

किन होला यो छातीमा ……………………………

 

हात छैन डोर्याई दिने हिडौ कस्को सारमा

हिड्दै जाँदा पाईला  पर्छ खुकुरी कै धारमा

मरे जस्तै लाग्छ यहाँ पिरै पिरमा जिउँदा

सारा चोट भुली दिन्छु अलि कती पिउँदा

किन होला यो छातीमा ………………………………

 

Krish Namenon

माघ ६ गते २०६८ साल सुक्रबार ……………………….