बेलायतमा “भिसी कप” 2018 सम्पन्न, सुपर भेट्रान तर्फ एफ्सी केन्टको बिजयी ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत

गत १६ जुन २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “गोर्खा नेपाली समाज लण्डनको आयोजनामा “भिसी कप” सम्पन्न भएको हो ।

सदाको वर्षहरु जस्तै यस वर्ष पनि “गोर्खा नेपाली समाज लण्डनले आयोजना गरेको यस फुटबल खेलमा भेट्रान टिममा ५ टिम, र सुपर भेट्रानमा ६ टिम गरि ११ टिमहरुले भाग लिएका थिए ।

सुपर भेट्रानमा सबै टिमहरुलाई जितेर “एफ्सी केन्ट, गोर्खा भेटरेन” ले शिल्ड सहित नगद ४ यस पाउण्ड हात पारेको थियो, यस्का साथै धन बहादुर राई बेस्ट प्लेयर र छबिन्द्र चोङ्बाङ टप स्कोरर भएका थिए । उक्त सुपर भेट्रानको रनर अप टिम “ईन्टेक ९०” भएको थियो । भेट्रान तर्फ ईलाम एफ्सीले शिल्ड सहित नगद ६ सय पाउण्ड र धरान समाज ४ सय पाउण्ड पुरस्कार राशि सहित रनर भएको थियो ।