१६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ति बेलायतमा मनाईदै

सुरेन्द्र इङ्नाम, केन्ट बेलायत ।
गत ७ अक्टोबर २०१८ को दिन “किराँत सत्यहाङमा महागुरु फाल्गुनन्द समाज बेलायत” ले बेलायतको फेल्थाममा बसेको बैठकले १६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औ जन्मजयन्ति यहि आउदो सन २०१८ नोबेम्बर ११ तारिखको दिन मनाउने निर्णय गरेको छ ।
उक्त दिन बसेको बैठकले फेल्थाम कम्युनिटी हलमा महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३४ औ जन्मजयन्ति मनाउने निर्णय सँगै सेवापुजा तथा माङ्लाङ नाचेर महागुरुलाई सम्झने योजना बनाएको छ ।
बेलायतमा भुपु गोर्खाहरुलाई औपचारिक रुपमा बस्न पाउने ब्याबस्था सन २००४ मा ब्रिटिस सरकारले दिएपछि सन २००५ मा “किसमफा समाज” यूकेको स्थापना भएको हो । बेलायतमा किरातीहरुको बसोवास हुनथाले पछि शुभकार्य, विवाह, बर्खान्त, घरपुजा गर्न हाम्रो संस्कारमा अति आवस्यक भएको हुनाले यस संस्थाको स्थापना गर्न जरुर भएको जानकारी संस्थाको अध्यक्ष दिपक तुम्बापो ज्यूले बताउनु भयो ।
यस संस्थाले यि माथी उल्लेखित कार्य बाहेक उधौली (चासोक तङ्नाम) र उभौली (यक्वा तङ्नाम) प्रत्येक वर्ष एक एक पल्ट मनाउदै आएको छ । यस्का अलावा संस्थाले सन २०१७ को सुरुवातमा नेपाली आठ लाख पचास हजारको नेपालमा अक्षय कोष खडा गरी जस बाट आउने ब्याजले दस लिम्बुवान सत्रथुम गोस्वारी माङ्हिम लभ्रेकुटीमा हुनु भएको पुजारी लाई ब्याक्तिगत सहयोगार्थको लागी आएको ब्याजले प्रत्येक ६ महिनामा ३० हजार रुपैया हस्तान्तरण गर्दै आएको छ ।