तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबको चौंथौ महाधिबेशन सम्पन्न:
बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आनो मौलिक परम्परा सस्कृति, भाषा, भेषभुषा, प्ये ताँ ल्हु ताँ र धार्मिक पहिचानलाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघ सँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्धेश्य लिई स्थापना भएको सम्पूर्ण तमूहरुको साझा संस्था तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबको आज मिति ५ भदौ २०६९ (२१ अगष्ट २०१२) शुक्रबारका दिन अल खोबर शहरको गल्फ दरबार होटलको हलमा चौथौं महाधिबेशन सम्पन्न भएको छ ।
संस्थाका महासचिव श्री खेम तमूद्धारा संचालित उक्त चौथौं महाधिबेशनमा अध्यक्ष ओम घले तमूको सभपतित्व थियो भने सँस्थाकै प्रमूख सल्लाहकार अमित तमूको प्रमूख अतिथी रहेको थियो । उक्त महाधिबेशनमा खेम चोर्मे तमूले सम्पूर्ण उपस्थितीहरुलाई स्वागत मन्तब्यबाट स्वागत गर्नु भएको थियो भने सँस्थाकै केन्द्रीय सदस्य तथा बरिष्ठ गायक श्री तिलक तमूले प्ये ताँ ल्हु ताँको बारेमा प्रस्टाउदै आफ्नो शुभकामना मन्तब्य दिनु भएको थियो त्यसै गरि प्रमुख सल्लाहकार अमित तमूले पनि शुभकामना मन्तब्य दिनु भएको थियो । शुभकामना मन्तब्यकै क्रममा कार्य ब्यस्तता र दुरीको हिसाबले सहभागी हुन नसक्नु भएका बक्ताहरुसंग कार्यक्रम सञ्चालक महासचिव खेम तमूले फोन र नेट लाईभ कन्फेरेन्स मार्फत शुभकामना मन्तब्य लिनु भएको थियो । वहाँहरु हुनुहुन्थ्यो तमू धिंका केन्द्रिय प्रवक्ता, राजपति तमू, अलहासाबाट, तमू धिं का महिला केन्द्रिय सदस्य श्रीमति तुलसी मायाँ तमूस्यो, दमामबाट, तमू धिं का संरक्षक क्याप्टेन कमल तमू रियादबाट, तमू धिं का सँस्थापक अध्यक्ष बिजय कुमार तमू यान्बुबाट, र तमू धिं का सल्लाहकार सदस्य चेत जंग तमू अल खोबरबाट ।
तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबलाई आफ्नो अमुल्य समय र आर्थिक सहयोग गर्नु हुने तमू ब्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । उक्त महाधिबेशनको बार्षिक प्रतिबेदन संस्थाका महासचिव खेम तमूले लिखित तथा पढेर प्रस्तूत गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति केन्द्रिय अध्यक्ष ओम घले तमूले कोषाध्यक्षा तिलक तमू “क” साउदी अरब नफर्कने गरि नेपाल जानु भएकोले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने तमू धिं नेपालसंग तमू धिं साउदी अरबको सम्बन्धको बारेमा प्रस्ट पार्दै पुरानो कार्य समिति बिघटन भएको घोषण गर्नु भएको थियो ।
पुरानो कार्य समिति बिघटन भएको घोषणा लगतै अमित तमूको संयोजकत्वमा तिलक तमू “ख” र सोम प्रसाद तमू सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलले पुन निबर्तमान अध्यक्ष ओम घले तमूको अध्यक्षतामा २१ जना नयाँ कार्य समितिको नामवली प्रस्ताव गर्नु भएको थियो उक्त नामवलीलाई उपस्थित सम्पूर्ण तमूहरुले सर्बसम्मत अनुमोदन गरिएको थियो । नयाँ कार्य समितिको नाम यस प्रकार रहेको छ । अध्यक्ष ओम घले तमू, प्रथम उपाध्यक्ष तिलक तमू “ख” द्धितिय उपाध्यक्ष सुक तमू, महासचिव खेम तमू, उप–महासचिव मेक बहादुर तमू, कोषाध्यक्ष टक राज तमू, प्रथम कोषाध्यक्ष मैता राम तमू, द्धितिया कोषाध्यक्ष रमेश घले तमू, सदस्यहरु क्रमश: १. राम तमू, २. अनिल तमू, ३.मणिराज तमू, ४.टेक बहादुर तमू, ५.मिन कुमार तमू ६. खेम चोर्मे तमू ६. तेज ब. तमू ७. सुन ब. तमू ८. बुद्धी तमू ९. कुमार तमू १०.नरेश तमू ११. जंग तमू १२.सुर्य तमू …जय तमू …..
खेम तमु / साउदी अरब
