नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औंवार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न ।
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औंवार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न ।
आइतबार बेलुका शाखा अध्यक्ष ध्रुवराज अर्यालकोअध्यक्षतामा अल्डरसटको एम्पायर ब्यांकेटिङमा आयोजितकार्यक्रममा सयौंको संख्यामा यहाँस्थित संघसंस्था तथासमुदायका प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको सहभागितारह्यो।
नेपाली पत्रकारको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्नकोष जुटाउने उद्धेश्यले च्यारिटी कार्यक्रम गरिएको थियो ।कार्यक्रममा उत्साहजनक रुपमा कोष संकलन भएको जनाउँदैशाखाले संकलित कोषको पूर्ण विवरण छिट्टै सार्वजनिक गरिनेजनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागिनेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सचेतक र मार्गदर्शककोरुपमा समाजमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेकोबताए। उनले प्रवासबाट प्रकाशित नेपाली संचारमाध्यमलेनेपाली–नेपालीबीच सम्पर्क माध्यमको रुपमा, नेपालीडायस्पोराको गतिविधिबारे सूचना दिन र स्थानीय समुदायलाईनेपाली समुदायको बारेमा जानकारी दिएर महत्वपूर्ण सेवादिइरहेको भन्दै प्रशंसा गरे।
राजदूत आचार्यले पत्रकारहरुलाई समाचारमा निस्पक्षता र विश्वसनीयता बढाउन आग्रह गर्दै संस्थागत विकासका लागिकाम गर्न पनि सुझाव दिए। १२ औं वार्षिकोत्सवको अवसरमानेपाल पत्रकार महासंघ यूके शाखालाई बधाई दिंदै शाखाकोउत्तरोत्तर प्रगतिको कामना पनि गरे।
त्यस्तै, विशेष अतिथि महासंघका केन्द्रीय महासचिव रोसनपुरीले पत्रकार महासंघले आफ्नो स्थापना कालदेखि नैनेपालमा प्रेस स्वतन्त्रताको साथसाथै नागरिक हक बहाल गर्नअभियान चलाउंदै आएको स्मरण गरे। उनले महासंघका १०वटा वैदेशिक शाखाहरु हाल क्रियाशील रहेको र देश तथाविदेशमा गरी झन्डै १३ हजार सदस्यहरु रहेको जानकारी दिए।
महासचिव पुरीले महासंघका विदेशस्थित शाखाहरुले विदेशमाबसोबास गरिरहेका नेपाली समुदायलाई नेपालसंग जोड्ने कामगरिरहेको बताउंदै त्यसको लागि धन्यवाद पनि दिए। उनलेएनआरएनएको नेतृत्वमा देखिएको विवादले केही मुलुकहरुमापत्रकारहरुलाई पनि विभाजित गरेको भन्दै एनआरएननेताहरुलाई प्रवासी नेपाली समुदायलाई एकजुट गर्न मिलेरजान सुझाव दिए। उनले नेपाल पत्रकार महासंघ यूकेलेनेपालमा दुखमर्कामा परेका पत्रकारहरुका लागि आर्थिकसहयोग गरेको भन्दै पत्रकारहरुको क्षमता अभिवृद्धिमा सघाउन च्यारिटी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद पनि दिए।
स्वागत मन्तव्य राख्दै शाखा अध्यक्ष ध्रुवराज अर्याललेपत्रकारहरुको सीप तथा क्षमता अभिवृद्धि गर्दै गुणस्तरीयपत्रकारिताको प्रवर्द्धन च्यारिटी कार्यक्रमको लक्ष्य रहेकोबताए।
शाखा स्थापनाकालदेखि नै यहाँको नेपाली समुदायको एकअभिन्न अंगका रुपमा रहँदै आएको स्मरण गर्दै अध्यक्षअर्यालले समुदायका तर्फबाट प्राप्त निरन्तर साथ, सहयोग रऐक्यबद्धताका लागि आभार प्रकट गरे ।
सो अवसरमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३बाट शाखाका पूर्वअध्यक्ष समेत रहेका वीनेपाली डटकमकासम्पादक नरेश खपांगीमगरलाई पुरस्कृत गरियो । बेलायतमाखोजी पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्यसहित स्थापित उक्तपुरस्कारको राशी ५ सय २ पाउण्ड छ ।
त्यसअवसरमा शाखाले पुरस्कार सिफारिश समितिकासंयोजक डा बच्चुकैलाश कैनी तथा सदस्यहरु नवीन पोखरेलर लक्ष्मी राई लारालाई प्रमाणपत्र र मायाको चिनोसहितसम्मान गरेको थियो ।
सोही अवसरमा शाखाका सचिव खेमराज रानाभाट र पत्रकारश्रीभद्र खनालद्धारा लिखित फकल्यान्ड युद्ध, पहिलो विश्वयुद्धर जंगबहादुरका विषय समेटिएको पुस्तक तीन फरक विषयपनि विमोचन गरिएको थियो ।
कार्यक्रममा लोकप्रिय गायक धिरज राई, दोहोरी गायकश्याम राना, नानु गुरुङ, सितु खरेल, सपनकुमार राई,आयुदीप गौतम लगायतले सांगीतिक प्रस्तुति गरेका थिए ।त्यस्तै, मिसेस यूके नेपालकी विमला बुढाथोकीले आकर्षकनृत्य देखाएकी थिइन्।
कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवम् शाखामहासचिव नरेन्द्र बस्नेत र उपाध्यक्ष प्रमिला लावुङ राईले गरेकाथिए। सो अवसरमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशनखनाल, लन्डन ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटसहितविभिन्न बरोका काउन्सिलरहरु, बेलायतका प्रमुख नेपालीसंघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, अग्रज पत्रकार एवम्सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति थियो ।
वार्षिकोत्सव तथा च्यारिटी नाइट सफल पार्न कार्यक्रममासहभागी हुने संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा विभिन्नरुपमा योगदान गर्ने सहयोगदाता, कलाकार, सहयोगी सबैमाशाखाले धन्यवाद ज्ञापन गरेको छ।