बेलायतमा बायोमेट्रिक रेसिडेट प्रमिट बिआरपी अन्त्य हुदै
लन्डन । बेलायतमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त गरेका व्यक्तिले पाउदै गरेको बायोमेट्रिक रेसिडेट प्रमिट बिआरपी अन्त्य हुने भएको छ ।
बेलायत अध्यागमन प्रणालीको डिजिटलाइजेसन मार्बेफत दिइदै आएको भौतिक कार्ड बीआरपी यहि आउदो ३१ डिसेम्बर बाट नविकरण गर्न नपर्ने भएको हो।
विआरपी युकेमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त व्यक्तिहरूलाई होम अफिसद्वारा जारी गरिएको सुरक्षित कागजात हो। यो कार्डमा ब्याक्तिके औँठाछाप, फोटो साथै उनीहरूको नाम, राष्ट्रियता, भिसाको प्रकार र म्याद सकिने मितिजस्ता विवरणहरू समावेश भएका हुन्छन ।
बेलायत होम अफिसको कार्यालयले डिजिटलाइजेसन योजनाहरूलाई कार्यान्वयन गर्न ३१ डिसेम्बर २०२४ सम्म अधिकतम वैधताका साथ बीआरपी जारी गर्ने निर्णय गरेको छ । त्यसपछि भौतिक कार्ड हटाएर इलेक्ट्रोनिक रूपमा मात्रै रहने भएको छ ।
१ जनवरी २०२५ पछि बेलायतमा विआरपीको अरु कुनै मान्य कागजात नहुने, र यस्का अलवा होम अफिसको वेबसाइटहरुमा आफ्नो सेवाहरू प्रयोग गरेर आफ्नो अध्यागमन स्थिति अनलाइनमा हेर्न सकिने छ । यो सेवाले प्रयोगकर्ताहरूलाई आफ्नो स्थितिबारे कामकाज र अरु कुनै पनि सम्बन्धित क्षेत्रसँग इलेक्ट्रोनिक रूपमा बाड्न तथा साझा गर्न सजिलो र छिटो हुने अफिसले जानकारी दिएका छन।
बीआरपी जारी गर्ने र व्यवस्थापन गर्ने आवश्यकता नपर्ने हुँदा यो नयाँ प्रणालीद्वारा अध्यागमन स्थिति प्रमाणीकरण गर्न सजिलो र छिटो हुने, जसले गर्दा सरकारको लागतको बचत पनि हुने साथै, पहिलेको भन्दा डिजिटल प्रणाली बढी सुरक्षित हुने गरी डिजाइन गरिएको हुनाले पहिचान चोरी हुन रोकिने विश्वास दिलाएके छ । इन्टरनेट पहुँच भएका कुनै पनि उपकरण भएमा नयाँ प्रविधिलेद्वारा जुनसुकै बेला आफ्नो अध्यागमन स्थितिबारे जानकारी राख्न सकिने छ ।
बीआरपीको म्याद ३१ डिसेम्बर २०२४ मा समाप्त हुने व्यक्तिहरूले आफ्नो अध्यागमन स्थिति कायम राख्न कुनै आवस्कायक कारबाही गर्न आवश्यक पर्ने छैन । सबै अटोमेटिक डिजिटलमा जाने छ । तर, स्मरण रहोस, यो नयाँ डिजिटल प्रणालीमा जाँदा आवश्यक प्रविधि र इन्टरनेट जडानको अति नै आवश्यक हुने छ । युके बायोमेट्रिक रेसिडेन्स परमिट (बिआरपी) को म्याद समाप्ती र अध्यागमन प्रणालीबारे थप जानकारीका लागि, बेलायत भिसा तथा आप्रवासन gov.uk मा सूचना राखिने भएकोले शूचना चेक गर्न होम अफिसले आव्हान गरेको छ ।