बेलायतको आसफोर्ड केन्टमा किरात धर्मावलम्बिहरुको संयुक्त मांगेना सेवा सम्पन्न ।
सुरेन्द्र इङ्नाम – बेलायत ।
गत २० अप्रेल २०२४ शनिवारका दिन किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा साइमन सभाहल, आसफोर्ड केन्टमा किरात धर्मलवम्बीहरुले संयुक्त माङगेन्ना सेवा समापन गरेको छ ।
हाल कर्मथलो आसफोर्ड केन्टमा बस्दै आएका किरात धर्मलम्बीहरुले बिगत सन २०११ देखि प्रत्येक वर्ष माङगेन्ना सेवा सामुहिक रुपमा गर्दै आएको हो।
बेलायत जस्तो ब्यस्त ठाउँमा आप्लुङगेन्न ताङसेप चोमेन सेवा माङगेन्नाका लागि सेवासाबाहरु घर घरमा गएर माङगेन्ना गरिदिन धेरै मुस्किल हुने कारणले यस समस्यालाई मध्यनजर गर्दै भक्तजनहरुको सुबिधाका लागि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले सामुहिक रुपमा विभिन्न ठाउँमा माङ्गेन्ना कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
उक्त माङ्गेन्ना कार्यक्रममा आस्फोर्ड केन्ट भरिबाट सयौको संख्यामा किरात धर्मवलम्बी र भक्तजनहरु माङ्गेन्ना सेवा कार्यक्रममा सहभागी भएका थिए । बेलायतका प्रमुख माङसेवा साबा साम्दाङगेन्न वरुमसाबा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सल्लाहकार मंगल सिं लिङदेनद्वारा किरात साम्जिक मुन्धुम बाचन गरि भक्तजनहरुको माङ्गेन्ना गरिएको हो भने प्रमुख माङसेवा साबाद्वारा माङगेन्ना किन गरिन्छ भने बिषयमा छोटो मुन्धुमी प्रवचन राख्नु भएको थियो उहाँलाई माङ्सेवा साबा निराज माबोहाङ् र मणि चोङ्बाङ्हरुले साथ दिएका थिए ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका उपाध्यक्ष केवाहाङ चेम्जोङ्को अध्यक्षता तथा उपाध्यक्ष निर्मल पतङवाको ब्यवस्थापनमा रहेको थियो ।
बिहान १० बजे देखि संचालन भएको माङ्गेन्ना कार्यक्रम माङलाङ केलाङ सहित ३: ०० बजे सम्पन्न भएको सो कार्यक्रमलाई किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सचिव पर्बत राईले संचालन गरेको थियो।