“गाउ आएको बाटो” बेलायतमा प्रीमियर हुदै ।

सुरेन्द्र इङ्नाम – लण्डन्

गोर्खा वरियर्सले यहि आउदो जून २९ २०२४ को दिन सिने वर्ल्ड अल्डर्शटमा “गाउ आएको बाटो” अभिनेता दाँयाहाङ्गको साथमा प्रिमियर गर्ने भएको छ ।

बासुरी फिल्मको ब्यानर र नबिन सुब्बा द्वारा निर्देशित नेपालको पुर्बि किरात बस्तिको राई समुदायको कथा वस्तु बोकेको यस चलचित्रको मुख्य भूमिकाको पात्रमा दयाहाङ् पशुपति राई र बालकलाकार प्रशन राई रहेका छन ।

निर्देशक सुब्बाले आफ्नो करियर थिएटर आर्टिस्ट बाट सुरु गरेका हुन । सन १९८८ मा रोयल नेपाल एकेडमी बाट सर्बोक्रिष्ट अभिनय बाट सम्मान पाएका हुन । उन्ले नुमाफुङ्, गूड्बाई काठमाण्डू लगाय गर्जनौ कथा र निर्देशन् गरिसकेका छन । नुमाफुङ् लिम्बु समुदायको कथावस्तु समेटिएको थियो र जस्ले दर्शकहरुको अपार माँया पाएको थियो । यस पटक राई समुदायको कथावस्तु प्रस्तुत गरेका छन । यस चलचित्र गाउ आएको बाटोको ट्रेलरलाई २ हप्तामा १५ लाखले हेरिसकेका छन । यस चलचित्र नेपालमा भोलिबाट प्रदर्शन हुँदै छ भने बेलायतमा २९ जुनामा सिनेवर्ल्ड अल्डर्शट र ३० तारिख पिक्चर हाउस आश्फोर्डमा हुने भएको छ ।

सन २०१५ मा “गोर्खा वारीयर्स” बेलायतमा दर्ता गरेर आज सम्म विभिन्न ठुला ठुला साङ्गेतिक साँझ, अभिनेता र अभिनेत्री हरुको साथमा चलचित्र प्रदर्शन गरिसकेका छन । केहि वर्ष अगाडी गोर्खा वारीयर्स सिनेमाको नाम यहि संस्थाको प्रभावमा बनेको अनुमान प्रष्ट देखिन्छ ।