बेलायतमा लिम्बु चाड सिसेक्पा तङ्नाम आउदो १३ जूलाईमा हुँदै ।

सुरेन्द्र इङ्नाम – लन्डन बेलायत ।

किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने लिम्बुहरुको महान चाड सिसेक्पा तङनाम (साउने संक्रान्ति) आउदो  १३ जुलाई २०२४ का दिन चुम्लुङदेनमा सम्पन्न हुने भएको छ ।

यस बर्ष सिसेक्पा तङनाम २०२४ लाई थप आकर्षक र गैर लिम्बुहरुको पनि उपस्थितिलाई मध्यनजर गरि सांगीतिक धमाका प्रस्तुती गर्ने योजनाका साथ नेपालका ख्याती प्राप्त गायक श्री राजेश पायल राई (RAI IS King) को विषेश प्रस्तुती र अन्य लोकल कलाकारहरुको पनि प्रस्तुती हुने जानकारी संयोजक केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लाओतीले दिएका छन ।  

सदाको  वर्षहरुझै यस् वर्ष पनि विभिन्न विधाका च्याभ्रुङ, हाक्पारे, पालाम प्रतियोगिता र अन्य धेरै आकर्शक पुरस्कारहरु साथै किनबेचका स्टलहरु राखिएका हुनेछन ।