इङ्नाम चेली-माईती यूकेको पहिलो वार्षिक भेट्घाट सम्पन्न ।
सुरेन्द्र इङ्नाम – लण्डन ।
गत ३१ अगस्ट २०२४ को दिन बेलायतको फेल्थाममा इङ्नाम चेली-माईती यूकेको पहिलो वार्षिक भेट्घाट भब्यरुपमा सम्पन्न भएको छ ।
गत ओक्टूबर २०२३ मा ईवाहाङ् बन्धु-चेली हरुले इवाहाङ्हरु आफ्नै तरिकाले चल्ने निर्णय गरि इङ्नाम्-चेलीमाइती बाट अलगिएर गएका हुन । तत्पश्चात इङ्नाम्-चेलीमाइतीले तदर्थ समिती गठन गरेर गत २४ फरवरी २०२४ को दिन फेल्थामको नमस्ते गोर्खा रेष्टुरामा पूर्ण समिती गठन गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा बन्धु-चेलीको अग्रज ब्यक्तित्व रत्न कुमार इङ्नामलाई सम्मान र पहुनाहरु राम बहादुर इङ्नाम र वहाको श्रीमती कबिता ईस्बो इङ्नाम र गौरा इङ्नाम लिङ्देन र वहाको श्रीमान धर्मसिङ लिङ्देनहरुलाई संस्थाका अग्रज रत्न कुमार इङ्नाम, सल्लाहकार चन्द्र इङ्नाम र सल्लाहकार बिना इङ्नामको बाहुलिबाट मायाँको चिनो प्रदान गरिएको थियो ।
त्यसपछि परिचयात्मक कार्यक्रमा समाजका नयाँ सदस्यहरु लाक्पा इङ्नाम र वहाँको श्रीमती र परिवार, डउर्मिला इङ्नाम र परिवार र अभिशेख इङ्नामहरुलाई स्वागत गरिएको थियो ।
पहिलो ऐतिहासिक भेला भएको हुनाले संस्थाको बारेमा सल्लाहकार बिना इङ्नामले समाजका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराए ।
संस्थामा कोष अभिबृद्दी गर्ने योजना अनुसार सदस्यहरुले प्रति परिवार ५० पाउण्ड उठाउने, जुन उठेको रकम समाजमा आपतकालिन अवस्था आएको बेला सापटी सहयोग गर्ने र पछि फर्काउने साथै संस्थालाई चाहिएको बेला चलाउने प्रयोजनको लागि मात्र कोष खडा गरिएको र केहि वर्ष पछि केहि रकम जम्मा भएपछि यस्लाई उठाउन बन्द गर्न सकिने विधानमा ब्यबस्था गरिएको जानकारी पनि कोषाध्यक्षले आर्थिक गतिविधिमा जानकारी गराए ।
समाजका अध्यक्ष खेमराज इङ्नामले उपस्थित सम्पूर्ण चेली-माइती र पाहुनाहरुलाई धन्यवाद ज्ञापन, यस भेलाको लागि खट्ने सम्पूर्णलाई हार्दिक धन्यवाद र आउने वर्षहरुमा पनि यस्तै साथ-सहयोग गरेर रमाईलो गर्ने आशा राख्दै पहिलो चरणको औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।
दोस्रो चरणको कार्यक्रमा राफल ड्र नाँच-गान रहेको थियो ।
समाजको करिब ९७ प्रतिशतको उपाथिति रहेको यस ऐतिहासिक भेलालाई उपाध्यक्ष सोमी इङ्नाम थेगिमले स्वागत मन्तब्य, कोषाध्यक्ष सुरेन्द्र इङ्नामले पहिलो चरणको कार्यक्रम सन्ञ्चालन, दोस्रो चराणको कार्यकलाई जुमन इङ्नम, गणेशचन्द्र इङ्नाम र डम्मर इङ्नामले संञ्यूक्त रुपमा सन्ञ्चालन गरेको कार्यक्रम बिहान १० बजेबाट सुरु भएर साँझ ७ बजे सकिएको थियो ।