कता हरायो नेपाल ब्रिटेन डट्कम ?

सुरेन्द्र इङ्नाम – लण्डन ।

गत असोज ९ गते प्रेस काउन्सिल नेपालले नेपाल ब्रिटेन डट्कमलाई समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न निर्देशन दिदै ३ दिन भित्र काउन्सिलमा कारणसहित जानकारी गराउन भनिएको म्याद नाघेर गए पनि नेपाल ब्रिटेन डट्कम गुमनाम लुकेर बसेको छ ।

तथ्यहीन र भ्रामक समाचार सामग्री पटक पटक प्रकाशित तथा प्रसारण गरिरहेकोले नेपाल पत्रकार महासंघ, युके शाखाले दिएको उजुरी सुनुवाइ गर्दै काउन्सिलले बुधबार नेपालब्रिटेन डटकमलाई सचेत गराएको हो ।

प्रेस काउन्सिल नेपालले नेपालब्रिटेन डटकमलाई पत्रको जवाफ हाल सम्म नदिएकोले अविलम्ब जवाफ दिन ताकेता गरेको हो ।

नेपालब्रिटेन डटकमबाट ‘पत्रकार महासंघ यूकेको अध्यक्ष विमला सेने होइनन् !’ लगायत शीर्षकमा सम्प्रेषित सामग्रीउपर नेपाल पत्रकार महासंघ यूकेले गत असोज २ गते काउन्सिलमा उजुरी दर्ता गरेको हो । काउन्सिलले नेपालब्रिटेन डटकमलाई पठाएको पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ, युके शाखालाई समेत दिएको छ ।