कन्दरा ब्याण्डले लण्डन हल्लाए ।

सुरेन्द्र इङ्नाम – लण्डन | गत ४ जनवरी २०२४ को साँझ लन्डनको विश्वप्रतिष्ठित द ओटु इन्डिगोमा गायक विवेक श्रेष्ठले आफ्नो पुरानो कन्दरा ब्याण्डको साथमा बेजोड प्रस्तुती दिएर ३ हजार दर्शक श्रोताहरुलाई मनोरञ्जन दिलाए ।
करिब १४ वर्ष बेलायत बसेपछि स्वदेश फर्केर गायक श्रेष्ठले आफ्नो पुरानो ब्यान्ड ‘कन्दरा’ लाई ब्युँताउदै बेलायत आएर द ओटु मा शनिबार राति बेजोड प्रस्तुती दिएका हुन ।
१४ वर्ष संगीत विर्सेर बेलायतको लण्डन छेउ ओटूको परिसरमा उन्ले काम गर्दा कहिले काहि ओटू भित्र पनि काम गरेको र विश्व चर्चित कलाकारहरु कोल्ड प्ले, जस्टिन विवर, ईड सिरन लगायतले प्रस्तुति दिइसकेको यस ठाउँमा उन्ले पनि एक पटक यहाँ ब्यान्डसहित कन्सर्ट गर्ने सपना देख्ने गर्थे ।
लामो सांगेतिक ब्रेक पछि ३२ वर्षको उन्को सांगेतिक इतिहासमा अकल्पनिय कन्सर्ट ओटु मा गरेर त्यो सपना आज पुरा भएको कन्सर्टको बिचमा उन्ले भावुक हुदै बताए । त्यति मात्र नभएर ६ वर्ष अगाडी उनि बेलायतमा हुदा हुने यस्ता कन्सर्टहरु र आज यो भिड देख्दा जिब्रो टोक्न मन लाग्यो भन्दै पहिले घरदेश अनि परदेश भनेर सम्पूर्णलाई सुझाए ।
करिब ३ हजार दर्शकले भरिएको उक्त कन्सर्टमा दुई घण्टा लगातार गीत गाउँदा उनले आफ्ना लोकप्रीय गीतहरुः विदेशिनु लेखियो कर्मैमा, विदेशिएर गइन् उनी, हङकङ पोखरा, फूलचोकीको डाँडैमा, चन्चले कान्छीको, तगारोमा रुमाल राखी, लेककी हे माया, तिमी पारि त्यो गाउँमा, जिन्दगीको यो उत्सव हो लगायतका गीतहरु गाएका थिए ।
कन्दरा ब्याण्डको प्रस्तुतीपुर्ब स्वप्न सुमन एन्ड द आस्ट्र्स’ ले एक घण्टा आफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।