चार राष्ट्रीय महिला च्याम्पियनसिप २०२५ मा नेपाल फाइनलमा प्रवेश ।
राजधानी काठमाण्डौमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा लेबनानलाई १-० ले पराजित गर्दै नेपालले निर्धारित समयभन्दा एक खेल अगाडि नै प्रतियोगिताको फाइनल खेलमा स्थान सुरक्षित गरेको छ।
पहिलो हाफको ४२ औं मिनेटमा उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीले खेलको एक गोल गरिन्। सावित्राको प्रहारलाई लेबनानी खेलाडी फराहले अन्जानवस गोलपोस्टमा डिफ्लेक्ट गरेको थियो । यो नतिजासँगै नेपालले अहिलेसम्म ६ अंक जोडेको छ।
प्रतियोगितामा निर्धारित समयभन्दा एक खेल अगाडि नै म्यानमारले फाइनलमा पनि प्रवेश गरेको छ। आजको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० ले पराजित गरेको छ।
नेपालले फेब्रुअरी २३ मा म्यानमारसँग खेल खेल्नेछ। खेल साँझ ६:०० बजे सुरु हुनेछ र सोही दिन दिउँसो २ बजे हुने पहिलो खेल लेबनान र किर्गिस्तानबीच हुए भएको छ।
