नो केवलकार पक्षीय प्रेस –बिज्ञप्ति
प्रेस –बिज्ञप्ति :-
मिति :- २०८१ /११ /११
यहि फाल्गुन १० गते बेलुकी नो केवलकार पक्षीय पदयात्रीहरुलाई ताप्लेजुङ जिल्लाको फुङलिङ बजारमा प्रहरी प्रसासन राज्य ले गरेको क्रुर ,जंगली ,आततायी ,अमानविय दमनको घोर भर्त्सना गर्दै घाइतेहरुको उपचार ,प्रक्राउ परेका व्यक्तिहरुको रिहाइ ,बेपत्ताहरुको खोजि ,उच्चस्तरीय छानबिन र केवलकार खारेजीको जोडदार माग गर्दछौ :-
उपरोक्त सम्बन्धमा यातायात बन्द रहेकोले मुक्कुमलुङ (पाथिभरा )को तल्लो फेदीबाट पदयात्रीहरु हिडेर आउनु पर्दा फुङलिङ बजारमा आइपुग्दा साझ परेको अवस्था थियो | फुङलिङ बजारमा आइपुगे पछी नो केवलकार पक्षीय पदयात्रिहरुले शान्तिपूर्ण जुलुश गरिरहेको अवस्थामा प्रहरी पक्षले एक्कासी हस्तक्षेप गर्यो पछी परिस्थिति केहि असहज भयो | आन्दोलनको क्रममा तत्काल केहि असामान्य परिस्थिति आउदा त्यसलाई सबैले मनन नै गर्नु पर्ने हुन्छ ,तर जब हात हतियार कानुन हातमा लिएर बसेको प्रहरी प्रसासनले बदला (revenge) लिने योजना बनाउछ तब स्थिति भयाबह हुन्छ | फुङलिङ मा यहि स्थिती ल्याइयो ,जुलुशमा भएको तितर बितर पछी प्रहरी प्रसासनले बदला लिने योजना बनायो ,घर घर मा प्रवेस गर्यो ,चन्द्र मादेन लगायत को घरमा बसिरहेको नो केवल कार पक्षीय पदयात्रिहरुलाई पहिले अश्रुग्यास प्रहार गर्यो र निर्मम कुटपिट गर्यो | बाहिर मैदानमा अश्रुग्यास प्रहार गर्नु स्वाभाविकै होला तर रातको समयमा घर भित्र ,कोठा कोठामा अश्रुग्यास प्रयोग गरेर मान्छेलाई बेहोश बनाए पछी मरणासन्ना हुनेगरी कुटपिट गरेर पक्राउ गर्नु कहा सम्मको आततायी घटना हो ? विश्वमा शान्ति सेना हुदै जाने नेपाल प्रहरीको कहाँ सम्म को मानबअधिकार उल्लङ्घन हो ? फुङलिङमा रातको ४ बजे सम्म भएको प्रहरी प्रसासन को हदै सम्मको ज्यादती र बदला लिने योजना सहितको दमनले हामी आक्रोशित भएका छौ ,नेपाल प्रहरी राज्यको यस अमानविय दमनको घोर भर्त्सना र बिरोध गर्दछौ |
हाम्रो मागहरु :-१ ,घाइतेहरुको तत्काल उपचार गर ,२ ,पक्राउ परेका हरु रिहा गर ,३ ,बेपत्ताहरु सार्बजनिक गर ,४ ,सिडिओ नेत्र प्र.शर्मा र डी एस पी रबि रावललाइ तत्काल कारबाही गर ,५ ,कर्फ्यु तत्काल हटाउ ,६ ,केवलकार निर्माण योजना खारेज भएको घोषणा गर |
बिरोधका कार्यक्रमहरु :- आज फाल्गुन ११ गते देखि प्रदेस न .१ को १४ वटै जिल्ला ,उपत्यकामा बिरोध प्रदर्शन ,पत्रकार सम्मेलन ,यसरी नै प्रत्येक पालिका ,वार्ड सम्म बिरोध प्रदर्शन अघि बढाउने |
घाइतेहरु :- १ ,समर येङदेन (खतरनाक तरिकाले हात भचाइएको -२४ घण्टा भित्र उपचार नभए हात काट्नु पर्ने अवस्था ) ,२ ,शिशिर पोमु ( राती देखि अहिले सम्म बेहोस ,३ ,एन .के .दर्नाल –टाउकोमा गम्भीर चोट –रगत बमिट गरिरहेको अवस्था ) ,४ ,राम राइ – दाहिने कुम खसेको र खुट्टा भचाइदिएको ,५ ,मे .अशिम पालुवा लगायत दर्जनौ घाइते
पक्राउ गरिएका हरु :- नबिन पोमु,दिक्षा क्षेत्री लगायात १५ जना भन्ने प्रहरीको भनाइ (काम्तिमा ३० जना भन्दा बढी हाम्रो दाबी,प्रहरीले नाम दिन अस्विकार गरेको )
मुक्कुमलुङ ताङ्सेःप चुम्भोका
१. श्री प्रसाद लिम्बू , संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति
२. खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
३. प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति
४. जीवन हाताचो राई, अध्यक्ष, किरात राई यायोक्खा, केन्द्रीय कार्यसमिति
५. नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह
६. डकेन्द्रसिंह थेगिम, अध्यक्ष, प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति
७. गेल्जे शेर्पा, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घ
८. ङिमि शेर्पा, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ
९. राजेन्द्र इघिङ्गो, अध्यक्ष, याक्थुङ युवा मञ्च
१०. किरणकुमार सिगु, संस्थापक सदस्य, याक्थुङ चोः सङजुम्भो
११. सागर केरुङ, अध्यक्ष, याक्थुङ मुन्चइत चोक सयङ
१२. प्रदिप नेयोङ, महासचिव, लिम्बू विद्यार्थी मञ्च
अन्तर्दलीय राजनीतिक पार्टीहरू:
१. राजेन्द्र महतो, अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी
२. कुमार लिङ्देन मिराक, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च –संघीय लिम्बुवान प्रान्तिय मंच
३. प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा,
४. रमेश राई, अध्यक्ष, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति
५. सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समिति
६. धनबहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी
७. भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी
८. नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन‐डिजिजि
९. गजेन्द्र पालुङवा, अध्यक्ष, किरात लिम्बुवान प्रदेश समिति, नेपाल कम्यूनिष्ट पार्टी


