इलामको नयाँ बजारमा एमाले र कांग्रेस रित्तिए

इलाम, लिम्बुवान | इलामको नयाँ बजारमा एमाले कांग्रेस रित्तिएको छ |

इलाम जिल्लाको नयांवजार गा.वि.समा नेपाली कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पाटीमा प्रवेश गर्नेहरुमा नयावजार गा.वि.स समितिका सचिव पर्वत श्रेस्ठ, नेपाल तरुण दल स्थानीय समितिका सभापति पेम्वा शेर्पा(ठूलो भाई), र सो दलका वरिष्ठ सल्लाकार मिंगमा लामालगायत कैयन कृयाशील सदस्यहरु छन् ।
त्यस्त स्थानीय नेता श्रीमती आंगमाया शेर्पाको अग्रसरतामा नेकपा एमालेका स्थानीय नेताहरु पेम्वाशेर्पा र पासां डिकी शेर्पा, तथा अमर कल्याण उच्च माध्यमिक विद्यालयका अनेरास्ववियू सभापति निम्डिकी शेर्पाको नेतृत्वमा सयकडौं कार्यकर्ता गत हप्ता तामझामका साथ राष्ट्र्यि जनमुक्ति पार्टीमा समाहीत भएका छन् ।

पार्टीका इलाम जिल्ला अध्यक्ष ललित थेवेको उपस्थितिमा आयोजित एक समारोहमा उनीहरुहरुलाई स्वागत गर्दै संघीय परिषद सदस्य तथा राष्ट्रिय युवा मोर्चाका अध्यक्ष राजेन्द्र राईले नेपालमा घामको पहिलो झुल्को उदय हुने ईलामवाटै धामको किरण सुदुर पश्चिमका बैतडी, दार्चुलासम्म पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहांले अव नेपालमा जातीय पहिचान सहीतको संधीयता र संधीयतासहितको संविधान नचाहने एमाले, कांग्रेसलगायत अन्य पार्टीहरुका लागि अब साढे सातको ग्रह लागेको बताउनुभयो । सो अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा नवप्रवसीहरुले एमाले र कांग्रेसले आफूहरुलाई यस्तो राजनैतिक चेतना जगाउने प्रशिक्षण नदिएको र आफूहरु ती दुबै पार्टीबाट ठगिएको बताए ।
नेपाली काग्रेसमा ३३ बर्ष विताएका र संविधान सभाको बिगतमा भएको निर्वाचनमा कुल वाहादूर गुरुंगलाई जिताउन अग्रनि भूमिका निभाएका मिंगमा तामांगले राष्ट्रिय जनमुक्तिमा प्रवेश गरेको दिननै आफूमा नयां उर्जा आएको र राजमुपमा प्रवेश गर्न ढिलो भएकोमा आफूलाई पश्चाताप लागेको बताउनुभयो ।
सो अवसरमा पेम्वा शेर्पाको अध्यक्षतामा गठित पार्टीको नयांबजार गाउं समितिका उपाअध्यक्षमा पासां डिकी शेर्पा, सचिवमा आंगरिता श्रेस्ठ, उपसचिवमा निम्डिकी शेर्पा, संगठन सचिवमा मिंगमा तामांग, कोषाअध्यक्षमा नीमा लामु शेर्पा तथा सदस्यहरुमा पेम्वा शेर्पा (ठूलो भाई), र्कि शेर्पा, र्पवत श्रेस्ठ, कंचन श्रेस्ठ, सुस्मा तामांग, निमा डुक्पा, निमाछिकि शेर्पा, र्फुवा लामु शेर्पा र लाक्पा डोमा शेर्पा रहनुभएको छ ।
समितिले आगामी तिहार पछि नयांबजारमा एक विशाल आमसभा गर्ने र आमसभालाई सम्वोधन गर्न पार्टी केन्दिय नेताहरुलाई निम्त्याउनेसमेत निर्णय गरेको  छ।