लिम्बुवान आइडल फाइन प्रतिस्पर्धा सम्पन्नः
थलङ, चोङ्बाङ र सुब्बाले जिते उपाधि

धरान (लिम्बुवान) ८ असोज । यस वर्Èको चर्चित लिम्बुवान आइडलको उपाधि कञ्चन थलङ (मोरङ)ले जितेका छन् । उनले नगद रू. १ लाख सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
दोस्रो अर्थात फस्र्ट रनरअप ताप्लिजोङका लक्ष्मण्ँ चोङबाङ भएका छन् । उनी ताप्जिोङ आइडल समेत हुन । उनले नगद रू. ५० हजार सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
लिम्बुवान आइडलका तेस्रो विजयी तथा सेकेण्ड रनरअप सुनसरीका एलबी सुब्बा भएका छन् ।  उनले नगद रू. ३० हजार सहित विभिन्न पुरस्कार हात पारेका छन् ।
लिम्बुवान आइडललाई प्रदान गरिएको नगद पुरस्कारको व्यवस्था बु्रनाईमा रहेका लिम्बुवानवासीहरुले गरेका हुन् ।
लिम्बुवानको (इतिहासमा र प्रस्तावित) राजधानी धरान (विजयपुर) मा लिम्बुवान आइडलको अन्तिम प्रतियोगिता सम्पन्न भएको थियो । उत्कृष्ट १० प्रतियोगिहरुले फाइनलमा आङ्खनो कला प्रस्तुत गरेका थिए ।
लिम्बुवान आइडलका अन्तिम १० प्रतिस्पर्धीहरुमा कुन्ता बराल(ताप्लिजोङ), तुलसा आङदेम्बे (झापा), लक्ष्मण्ँ चोङबाङ (ताप्लिजोङ), एल.बी. सुब्बा (सुनसरी), सुजन थापा मगर (सङ्खुवासभा), मदन चेम्जोङ (धनकुटा), पुष्पराज बसेल (तेह्रथुम), उदय नेम्बाङ (पान्थर), मान थुलुङ राई (इलाम) र कञ्चन थलङ (मोरङ) रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोक गायक एल. पी जोशी र निणर््ाँयकहरु गायक तथा संगीतकार साजन राई, वरिष्ठ पत्रकार तथा संगीतकर्मी विजय श्रेष्ठ, संगीतकार शम्भु गुरुङ र संगीतकर्मी डम्बर लिम्बू रहनु भएको थियो  ।
यो लिम्बुवान आइडल साङ्गीतिक प्रतियोगितको आयोजना युमा आर्ट्स एण्ड कल्चर सेन्टरले गरेको थियो । यसको अध्यक्षमा वरिष्ठ गायक खगेन्द्र यक्सो रहनुभएको थियो भने संयोजक र व्यवस्थामा यादव भट्टराई र ईश्वर याक्खा रहेका थिए ।