‘विश्व लिम्बुवान सांस्कृतिक महासंघ’ (विलिसांम)

सन्तकुमार आङ्देम्बे
हामी लिम्बु मुटु र रगतहरुको सांस्कृतिक सामाजिक संकटलाई समाधान गर्ने लक्ष राखेको महासंघ ‘विश्व लिम्बुवान सांस्कृतिक महासंघ’ ले लक्षित सांस्कृतिक सामाजिक एकता र एकरुपताको गोल हाशिल गर्ने छ भन्ने कुरामा कुनै संका नगर्नुहुन र जन, मन, धन अनि ज्यान समेत दिएर लागीपर्नु हुनको निम्ति यहा लिम्बु आत्म, मुटु र रगत सबैमा हार्दिक आवहान गर्दछु। स्मरण यो पनि रहोस कि (यो भन्दा अगाडीको लेखहरुमा पनि महासंघको बारेमा धेरै उल्लेख गरिसकेको छु) हाम्रो लक्ष भनेको हामीले अहेले सम्म देख्दै आएको राजनितिज्ञहरुले जस्तो खिचातानी, मार्ने, मसाउने र आफ्नो पार्टीलाई मात्र अगाडी लैजाने खालको छोटो सोचाई नभएर लिम्बुवानमा दिर्घकालीन एकता र एकरुपता अनि दुरुस्त इतिहास दिनुनै हो। यत्ति गरिसके पछी आफै अफैमा हुनजाने लिम्बुवान भित्रको सम्भावित झगडा लडाई र बिविध दुर्घटनाबाट हाम्रा लिम्बुवानी पाण, मुटु र रगतहरुलाई या भनौं हाम्रा प्यारा लिम्बुवानी जनता र भूमी (जनता, सांस्कृति र प्यारो भूमी नै त हो हाम्रो सम्पती र जिवन ) सबै सबैलाई बचाउंन सक्ने वातावरण स्वत अफैं बन्नेछ त्यतिखेर र कुनै सक्तिसंग सामनानै गर्नु परेपनि हामीले जित्ने छौ र हाम्रो सुरक्षा बकैदा गर्न सक्ने छौ।
श्रदेय लिम्बुवान दाजुभाई दिदिबहिनी तथा आफन्त अनि प्यारा भाईबहिनीहरु; यो चाही कसरी सम्भव होला भनेर यदि तपाई श्रदेय, प्यारा लिम्बुजन बृन्दहरुलाई लागेको हो कि भनेर अहिलेनै स्पस्ट बताउँने छु किसरी यस्तो बिशाल सुरक्षा, विस्वासीलो मीलाप, आफन्तपनाको महसुस हुन सक्ला त? यसरी कि सांस्कृतिक सामाजिक एकता र एकरुपता हामीमा आइसकेको हुनेछ त्यतिखेर। हामी सबै कुटुम्ब र आफन्त बिचमा फोहोरी खेलको अन्त्य पछी सम्मान, माया र सदभावानाको अवस्था आइसकेको हुनेछ, दाजुभाई दिदिबहिनी आफै आफै बिचमा पदको लोभ देखाएर सौदा गर्ने पराईहरुको लाडाउने, जुधाउँने, दिदिको बिरुद्दमा बहिनी उठाएर अनि भाई – भाई भित्र जुधाएर आफु माथि उक्सने यी यस्ता बाहीरबाट हुने सबै प्रकारका सोषण दमन, सडयन्त्र, जालझेल, कपट, खेलबाड, कुटाकुट, मुद्दा, मामीला, घर भत्काउने, बिगार्ने, सस्तो लोकपृयता, लोभ, लालच र अस्वस्थ प्रतिस्पर्धा सबै सकिएर धमाधम सांस्क्कृतिक सामाजिक प्रेमका साथ सरासर ब्यापारीक औधोगिक विकाश र प्रगती उन्नती गरीरहेका हुनेछौं त्यतिखेर हामी लिम्बुवान। हामी इमान्दार छौ यसको मतलव हो हामी जिम्मेवारकासाथ काम गर्दछौं। अर्काले जुधाउँदा जुध्ने, अर्काले सुनाएको कुराकै भरमा आएर घरकि श्रीमती कुट्ने, सुनेकै भरमा अफ्नो श्रीमानलाई खाना नदिने, घर दाइलो बन्द गरेर बाहीरै बास गराउने सबै सबै स्वत: समाप्त भैसकेको हुनेछ त्यतिखेर।
फेरी पनि भन्छु किन कि त्यतिखेर सांस्कृतिक सामाजिक एकता र एकरुपता आइसकेको हुनेछ त्यो नै पारीवारीक एकताको माहोल हो जस्तै बेलायत जापान अ्मेरीका जबकि उनिहरुको नागरिक किन संसारभरनै छरीएर नबसोस तर हाम्रो नेपालको जस्तो आफ्नै छोरीचेली बेच्ने, बारौं अठारौंको घाँटी रेटेर मार्दा पनि यादै नगर्ने, कम्जोर केही गर्न नसक्ने, फाँसी दिएको हेरीरहने अथवा मारियोस मासियोस भन्ने आफ्नो बाहेक अर्काको सन्तान, प्रेम, र ब्याबहारको वास्ता र माया नलाग्ने खराब बिचारको पनि अन्त्य भैसकेको हुनेछ त्यतिखेर । आफ्नो सैनिक र नागरिकलाई अनावस्यक थुनेर राख्दा पनि छुट्याएर ल्याउन नसक्ने अबस्थाहरु पनि सबै स्वत: अफैं सकिएको हुनेछ हाम्रो प्यारो लिम्बुवानमा र यसको समाजमा किन कि यत्तिखेर यहाँ सांस्कृतिक सामजिक एकता र एकरुपता आइसकेको हुनेछ। यो सभ्य स्वर्ग र सुन्दर लिम्बुवान बनाउन र लिम्बुवानी जनताले गरेका, लेखेका, खोज अनुसन्धान गरेका, आफ्नो समाज र क्षेत्रलाई योगदान दिएका, इतिहासविद, सांस्कृतिविद, भाषाविद, मुन्धुमविद, लेखक, संगितकर्मी, सहित्यकार, कोरियोग्राफर, कोस्टुम डिजाइनर, कलाकार, पत्रकार, अधिकृत, सैनिक, प्रहरी, सिक्षक, बिद्द्यार्थी, ब्यापारी, उध्योगी, विद्द्वान, डक्टर, इन्जिनियर, पाईलट सबैसबैले दिएको गरेको योगदानलाई आधिकारिक स्थान दिनु र सम्मान अभार गर्दै लिम्बुवान समाजलाई एइतिहसिक र दुरुस्त पहिचान बनाउनकै निम्ति र हाम्रो हरेक सम्पती र सम्पदाहरुलाई उचितरुपले परिचालन गर्दै,लिम्बुवान जनगणना समेत गर्ने अठोटकासाथ अहिले विश्वभरका लिम्बुहरुसंग परामर्सको केन्द्रमा रहेको यो महासंघको आधिकारिक स्थापना नजिकै हुन लागीरहेको पनि यहाँ लिम्बुवान बृन्द सबैमा जानकारी दिदै बिश्वभर छरीएर रहनुभएका सबैबाट राजनैनितिक पेशा अंगालेकाहरु भन्दा बाहेक विसुद्द सामाजिक जिवनमा खटेर संकल्पकासाथ कार्य सम्पादन गर्न सक्ने या त्यो बराबरको हिम्मत राख्नुहुने लिम्बुवान बृन्दहरुले महिलाको पनि प्रतिनिधित्व रहनेगरी आफ्नो क्षमता र रुचिको प्रतिनिधि नाम मलाई पठाउंदै गर्नुहुनको निम्ति हार्दिक अनुरोध गर्दछु। यदि तपाई हामी लिम्बु हौ भने यो एइतिहासिक कार्यको निम्ति एकजुट हौं ‘विश्व लिम्बुवान सांस्कृतिक महासंघ’ मा दर्शन र लक्ष सहितको जन, तन, मन, धन, कर्म, जिवन र विचारले आवद्द हौं अनि संकल्पकासाथ सफल पारौं।

यो महासंघको लक्षित कार्य:

(1) लिम्बुवान सम्बत: ५०७३, ३७९२ १०७१, १७९१ यसरी लापरबाही नभएर यकिन एउटै खोजिनितिको आधिकारिक ड्राफ्ट ल्याएपछी आधिकारिक छाप लगाएर एकैदिन एकै मन्यता र एकै सब्दले ब्यख्या गर्न मिल्नेगरि मान्ने।
(2) लिम्बुवानको जनगणना गरेर यकिन संख्या, नाम र बतनको रजिष्टर्ड डक्युमेण्ट राखने र हरेक ५ देखी १० वर्षमा अप्डेट गर्ने जिम्मा लिम्बुवानी जनतालाईनै बुझाउने।
(3) लिम्बुवानमा मानिने हरेक चाड, पर्ब, लगायत नाचिने च्याब्रुङ्ग को प्याटर्न लेख्ने जसले गर्दा संगितका हरेक बाध्यबाधनमा सृजना गर्न मिलोस। हरेक प्रकारका लिम्बुवान गीत र नाचहरुको पनि बिकाश।
(4) जन्म, न्वारन, बिवाह, कर्मदेखि हरेक संस्कारका कुराहरुमा र आधिकारिक प्रदर्शनीको बेला लागाईने आधिकारिक कपडा अथवा आधिकारिक पहिरन को घोषणा।
(5) कदर, आभार सम्मान गरिदाको प्रदान गरिने बस्तुहरु र आधिकारिक पहिरन को घोषणा।
(6) लिम्बुवानको सांस्कृतिक बाजागाजादेखि सोभिनियर या उपहारहरुका आदानप्रदान र यसको ब्यापार समेतमा विस्व बजार बनाउदै यसमा ‘युनिभर्सल युनिकनेस्’ को तय गर्दै र हाम्रा लिम्बुवान पुजारीहरु समेतलाई फराकिलो रुपमा संसारभर इम्प्लोय गर्ने।
(7) लिम्बुवानका पहिचानसंग जोडिएका आय आर्जन र पेशासंग जोडिएका सरोकार राख्ने बस्तुहरु: जस्तै तोङ्बा, खुकुरी, ढाका र अलैची, अदुवा, चामल, कोदो, फापरको पीठो, अकबरे खुर्सानी, चीया इत्यादिलाई स्थानिय बजार भन्दा बाहिर जादा समेत लिम्बुवान प्रोडक्सनको नामले चिनाउने साथै प्रोडक्सन कण्ट्रोल र लैसेन्स सहितको जहाँ कर र ब्यापारको बिस्तार गर्ने (जस्तै अहिले आएर नेपालदेखी विश्वभर अलैची, तोङ्बा, अकबरे, खुर्सानी, ढाकाको कपाडा र जलपका गहनाको माग रहेका छन, जसरी स्कटल्यण्डको टाटनको माग रहेको पाइन्छ।
(8) हरेक कर्मकाण्डको निस्चित र मान्य धार्मीक उपचारको मुन्धुम बाचन गर्दै त्यो सबै सकेसम्म लिखिएको अबस्थामा रहनु पर्ने।
(9) लिम्बुवान भित्रका कुनै पनि कुराको प्रगती उन्नती खोज अनुसन्धानका कुराहरुलाई घोषणा र उध्घाटन लिम्बुवान भित्र पहिले हुनु पर्ने र यसको प्रतक्ष फयदा लिम्बुवानलाईनै पुग्न सकोस।
(10) जिवनको तागत भनेकै नैतिक सक्ति हो त्यसैले अनुशाषन र आचरणको जिवन बाँच्दै समग्र लिम्बुवानको प्रगति उन्नतीको बारेमा सोच्न र सामाजिक वातावरण तयार गर्दै प्रशिक्षण दिलाउदै शिक्षा र श्वास्थ्यमालाई विशेष जोड दिनुका साथै लगानी र आफ्नो ल्यण्डको बिकाश हुने खालको कार्यक्रमहरु ल्याउने।
(11) लिम्बुवानमा सरकार र विदेशीहरुले गर्ने लागानी जस्तै जलबिद्धुत र सडक निर्माण, रेलवे निर्माण, क्याबल कारको योजाना जस्तो कुराहरुमा विशष जोड दिने तर लिम्बुवानको स्विकृतिबिना बहालमा दिन, बेचबिखन गर्न नपाउने निर्नयको घोषणा किनभने यो हाम्रो क्षेतृय , सांस्कृतिक, प्राकृतिक श्रोत र साधनहरु हुन र यिनिहरुको नामसंग सिधै लिम्बुवानको नाम अनि जिवन जोडिएको छ ।

श्रदेय लिम्बुवान दाजुभाई दिदिबहिनी, तुतुगेन तुम्याहाङ्ग, माङ्गेन्ना चेली, याक्लागेन थाङ्बेन, कुसाङ्धोरे केहीङ्बा हिन्जा पिच्छोसे इङ्गा सन्तकुमार आङ्देम्बेरे लाम्नु हेक्याङ आनी आफेक निङ्वातङ हिम ‘विश्व लिम्बुवान सांस्कृतिक महासंघ’ नेफाङ्ले लेम्माङ्नु सेवारो…………
छलफल बहस लगायत सबै प्रकृयाहरु पुरा गर्दै यकिन खोजीनिति गर्दै र प्रतिबेदनहरु बुझाउंदै र त्यो प्राप्त प्रतिबेदनहरुलाई छाप हानेपछी केही बर्षमै यो सम्पुर्ण काम पुरा गर्न सक्ने छौ। अन्त्यमा त्यो सबै ड्राफ्ट हरुलाई आधिकारीक छाप हाने पछी लिम्बुवानमा महासम्मेल बोलाएर यसै मार्फत लागु भएको घोषणा जारी गर्दै लिम्बुवान जन्य हरेक ब्यक्तित्वमा सांस्कृतिक एकरुपता र एकताको सफल बिधी ल्याउने छौं। सबै तह तप्का र विधाका ब्याक्तित्वहरुलाई ससम्मान जिम्मेवार दिने छौ र यो कार्य सफलता पुर्बक सम्पन्न हुने कुरामा बिस्वास राख्न र यो पहिचान र कहिल्यै नमर्ने इतिहास बनाउने एइतिहासिक कार्यमा दिलोज्यान दिदै सहयोगी भुमीका खेलिदिनुहुन र सकृय सदस्यताको जिम्मेवार लिदिनुहुनको निम्ति तपाई लिम्बुवान हरेक ब्याक्तित्वमा हार्दिक निबेदन गर्दछु। मीलेर गरेमा असम्भब भन्ने कुरा केही छैन सबै कुरा प्रयास नै हो। आदाङ्मा आदाङ्बासे यहाँहरुको प्यारो याक्थुङ साथी: सन्तकुमार आङ्देम्बे …………………………………… सेवारो । माङले हामी लिम्बुवानजन सबैको कल्याण गरुन, तागेरा निङ्वाफुमाङ;ए सेवारो!!!!!!!!!