आदिवासी जनजातिहरू फुटबल खेलसंगै राजनीति सिक्दै
शनिबारको खेलमा लिम्बुवानका लिम्बू टिमको जीत
माघ १३ (कीर्तिपुर), काठमाडौं । काठमाडौं उपत्यकामा रहेका आदिवासी जनजातिका विभिन्न क्षेत्रका नेतृत्वहरूको फुटवल खेल खेल्ने क्रम्मा यो शनिवार लिम्बुवानका लिम्बू टिमले सम्पूर्ण आदिवासी जनजाति टिमलाई जितेको छ ।

माघ १३ गते शनिवार काठमाडौंको कीर्तिपुरस्थित् ल्यावरेटोरी खेल मैदामा भएको उक्त फुटवल खेलमा सम्पूर्ण आदिवासी जनजाति टिमलाई लिम्बुवानका आदिवासी जनजाति लिम्बू टिमले नै ३ का विरुद्ध ४ गोलले जितेको हो ।
पहिलो आधा समयमा सरासर २ गोलको चुनौती बेहोर्नुपरेको लिम्बू टिमले पछिल्लो आधा समयमा सरासर ४ गोल लगाएर अन्य आदिवासी जनजाति टिमलाई लिम्बुवानका लिम्बू टिमले जितेको हो ।
उक्त दुई टिममध्ये जसले जीते पनि त्यसैको लागि पुरस्कार हुने गरी लिम्बुवानका लिम्बू समुदायले ३० केजीको ‘फाक्सा सेकुवा’ खाजाको व्यवस्था खेल मैदामै गरेको थियो । यसमा खेल हार्ने टिमले खेल मैदानको लागि लाग्ने शुल्क व्यहोरेका थिए ।
यस खेलका एक नेतृत्व डा. कृष्ण भट्टचनले शारीरिक तन्दुरुस्तीका साथै आदिवासी जनजातिहरूमा निरन्तर भेटघाट, अन्तक्र्रिया र ऐक्यवद्धताको लागि यस्तो खेलको आयोजना गरिएको बताउनु भयो । समाजशास्त्री डा. भट्टचनले यस्तो खेलबाट अहिले आदिवासी जनजाति नेतृत्वले राजनीतिक तथा साङ्गठानिक नेतृत्वको कला पनि सिक्ने बताउनु भयो ।
वहाँले यो पक्रियालाई छिटै थप औपचारिकता दिई व्यवस्थित् गरेर क्रमशः आदिवासी जनजातिकै विभिन्न खेलहरू पनि आलोपालो गरी खेलाउने योजना रहेको बताउनु भयो ।
गाउँघरकै कुनै चाडपर्व वा मेला बजारमा आयोजना गरी खेलिने खेलको झल्को दिलाउने गरी खेलिएको सो खेल र त्यसपछिको सामूहिक खानपानले वास्तवमै आदिवासीको सामूहिकता र ऐक्यवद्धता झल्काउन खोजेको महसुस हुन्थ्यो ।
अब अर्को खेल यही माघ १७, १८ र १९ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनमा काठमाडौंको दशरथ रङ्गशालामा खेलिने स्रोतले जनाइएको छ ।
– डीबी आङ्बुङ लिम्बू, काठमाडौं नेवाः
