झापाको बिर्तामोड मा गुरुङ रास्ट्रीय परिसद को दोस्रो रास्ट्रीय महाधिबेशन शुरु
कुमार लिङ्देन “मिराक”
हिजो माघ २० गते देखि झापाको बिर्तामोड मा गुरुङ रास्ट्रीय परिसद को दोस्रो रास्ट्रीय महाधिबेशन शुरु भएको छ |लिम्बुवान भुमि मा भैरहेको यस महाधिबेशन मा हाम्रो
पार्टीलाई पनि निम्तो भएकोले गयौ र अन्त्य सम्म नै बस्यौ |विभिन्न पार्टी र विभिन्न पेशा का बक्ता हरुले बोल्ने क्रम मा राजनीतिक घोचपेच खुब चल्यो |तर ९९ प्रतिसत बक्ताहरुले पहिचान सहित को संघीय को पक्ष्य मा बोले |कार्यक्रम को सुरुमा तमुवान को आफ्नै रास्ट्रीय गित गाईएको थियो ,त्यसबेला अतिथि र सहभागी सबै उठेर सम्मान जनायौ |मैले -” लिम्बुवान र तमुवान बिच सहकार्य हुनु जरुरि छ ,किनकि अहिले पहिचान सहित को आन्दोलन उठिरहेको क्षेत्र भनेको लिम्बुवान र तमुवान हो |एकात्मक बादी हरुले पनि यहि दुइ ठाउको आन्दोलन सुस्त पार्न अनेक सदयंत्र गरिरहेका छन् |त्यसैले लिम्बुवान र तमुवान बिच घनिष्ट सम्बन्ध हुन् जरुरि छ |” हाम्रो प्रस्ताब लाइ सम्पूर्ण उपस्थित तमु प्रतिनिधि तथा पर्यबेक्षक हरुले तालीले स्वागत गरे र अधिकांस गुरुङ बक्ता हरुले लिम्बुवान र तमुवान को सहकार्य अनिबार्य हुनुपर्ने मा जोड दिए |अन्त्य मा ,मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद को तर्फबाट तमु गुरुङ सम्मेलन सफलता को हार्दिक शुभकामना दियौ |माघ २१ ,२२ बन्द सेशन छ |गुरुङ हरुको यो सम्मेलन लिम्बुवान क्षेत्र मा आयोजना भएर लिम्बुवान आन्दोलन लाइ ठुलो सहयोग पुगेको छ ,किनकि कतिपयले सोच्थे -आन्दोलन गर्ने लिम्बुवान मात्र होला ,तर तमुवान पनि
उत्तिकै तातिसकेको रहेछ ,तमुवान नभए हजार बर्ष लडने कडा बक्तब्य हरु गुरुङ बक्ता हरुले दिए पछी धेरै एकात्मक बादी हरुको ओठमुख सुक्दै गएको देखियो |सफलताको शुभकामना ,जय तमुवान ,जय लिम्बुवान ,संघीय अभिभादन
