दोशिको पहिचान गरी कार्बाहीको जोडदार माग
लिम्बु विद्यार्थी मन्च ले बिजयपुर स्मारक तोडफोड गर्ने दोशिको पहिचान गरी कार्बाही गर्न राज्य सँग जोडदार माग गरेको छ । आइत बार एक बिज्ञप्ती जारी गर्दै मन्च ले क्षतिग्रस्त स्मारक पुन निर्मण को लागी पहल गर्न समेत माग गरेको छ ।
आइतबार बिज्ञप्ती जारी गर्दै मन्चका महासचिब बिक्रम सम्वाहाङ्फेल भने, बिजयपुर स्मारक तोडफोड हुनु भनेको लिम्बुवानबासी माथी को आक्रमण हो । ‘ दोशी को पहिचान गरी कार्बाहिको दायरामा नल्याए त्यसै हातमा दही जमाएर नबस्ने मन्च का अध्यक्ष भेशराज चेम्जोङ ले बताए । अध्यक्ष चेम्जोङले राज्यबाट क्षतिग्रस्त स्मारक पुन निर्माणको लागी अबिलम्ब पहल र दोशी लाई कार्बाही नगरे लिम्बुवान ब्यापी आन्दोलनको कार्यक्रम घोशणा गर्ने पनि जानकारी गराएका छन ,
लिबी मन्चको पहलमा १६ गते सम्पूर्ण लिम्बुवानबादी घटक हरु सँगको सर्वदलिय बैठकले स्मारक तोडफोड गर्ने दोशिको कार्बाही र क्षती पुर्तिको माg गर्दै बिजयपुर स्मारक सरक्षण सङ्घर्श समिती गठन गरिएको मन्च का उपाध्यक्ष मुक्साम लाओतिले जानकारी गराएका छन ।गत माघ १२ गते अज्ञात समुहले स्मारक तोडफोड गरी क्षतिग्रस्त बनाएका थिए ।
मन्चद्वारा जारी प्रेस बिज्ञप्ती

