विलिसाम को विविध गतिविधी साथै गठन निर्देशन।
सुरेन्द्र ईङ्नाम – ब्रुनाई
विश्व लिम्बुवान साँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष सन्तकुमार आङदेम्बे ज्युले विलिसाँमका सकृय सदस्यहरु सबैलाई लगभग चार महिना वरिपरिको
समयमा केन्द्र, उपत्यका र क्षेत्रसम्मका हरेक कार्यकर्ताहरुको सकृयताले अहिलेसम्मको प्रगती द्रुत गतिमा बडिरहेको र लक्ष हासिल गर्न पर्याप्त संकेत
पाईएकोले धन्यवाद ज्ञापन गर्दै ‘विलिसाँम’ को हरेक नियम फराकिलो रुपमा ‘विधान सभा’ बाटै ल्याउने तथा संसोधन गर्नु परेपनि ‘बिधान
सभा’ को माध्यमनै अपनाउनु पर्ने बताउदै सचिवालयको गठन साथै उपत्यका समितीको गठन तुरुन्तै गर्नु पर्ने र हरेक जील्ला, क्षेत्र र ग्रामिण समिती
सम्मका गठन कार्य जत्ति सक्दो छिट्टो गरिहाल्नु पर्ने बताउँनुका साथै अनुशाषन र आचनणनै हामो कर्म शक्ति हो र यसलाई प्रयोग गर्दै सकृय रुपमा
परिचालन हुनुपर्ने केन्द्रीय सदस्यहरु लगायत हरेक कार्यकर्ताहरुमा आग्रह सहितको निर्देशन जारी गर्नु भएको छ।
महासंघको अध्यक्षले आफ्नो लक्ष अनुरुपको कार्यहरु क्रमवध्द, सकृयताका साथ र छरीत्तो रुपमा भैरहेको सन्तुष्ट ब्यक्त गर्दै हाम्रो कामगर्ने शैली द्रुत,
भरपर्दो, फाराकिलो र विश्वासीलो हुनुपर्ने जसले गर्दा हरेक लिम्बु मुटु, लिम्बु रगत र लिम्बु प्राणहरुको चाहानाको समाज निर्माण कुनै वाधा अड्चनबिना
अगाडी बड्न सकोस। यसै विषयमा कल्पना योङ्हाङ निवास गोकर्ण,काठमाण्डुमा, मिती:- २०७०/ ०३/ २१ गते शुक्रबार,३:०० बजे बसेको बैठकले
सल्लाहकारमा भूगोलविद खगेन्द्र जबेगु, महासंघ केन्द्रीय उपाध्यक्षमा वरिष्ठ लिम्बु कलाकार तथा समाजसेवी बुध्दिजिवी शोभा खजुम, केन्द्रीय सदस्यमा
समाजसेवी तथा cनिर्देशक सागर सुब्बा, सचिवालय संयोजक शोभा खजुम, आर्थिक सचिवालय संयोजक : कल्पना योङ्हाङ, विधान मस्यौदा समिति
संयोजक : भक्त आङदेम्बे चयन हुनुभएको बताउनु भएको छ। अब यहा माथि भनिएका हरेक स्तर सम्मका गठन पनि चाँडैनैहुने र महासंघका लक्षित
कार्यका कार्यक्रमहरु यथासिघ्र अगाडी बडाईने कुरा दोहोर्याउनु भयो।
परिमार्जित मुन्धुमी अवस्था र भविस्यको डिग्री
हामी लिम्बुहरुको आजको आवस्यकता र यस विषयमा गरिएको चरणवध्द अन्तर्कृयाहरुबाट निकालिएको निचोड र हामीले यो विशेष विधीवस्तुलाइ
समेट्ने सन्धर्भमा “विश्व लिम्बुवान साँस्कृतिक महासंघ” ले जम्मा (७)मुन्धुमी विधाहरु:
(१) फेदाङ्मा
(२) साम्बा
(३) किरात धर्म जोगनिती (सत्यहाङ्मा पन्थ)
(४) येबा /येमा, (५) महारानी
(६) ज्योतिष सास्त्र (अनिवार्य) र अन्य
(७) झाँक्री/वैदाङ (केही पर्तिशत हाम्रो समाजका पुजारीको रुपमा झाँक्री र वैदाङ पनि रहेछन)
यी सबैलाइ कुनै न कुनै किशिमले चलाइरहेका हुदा रहेछौं हामी त्यसैले यी सबै विधाहरुलाइ मिलाएर एउटै पुजारी या गुरुले परिपुर्ति गर्न सक्ने किसिमले
तालीम दिलाएर खर्च, सुविधा, एकता, एकरुपता स्पष्टता र दुरुस्तपनामा हाम्रा समाजलाइ लैजान सकेमा मात्र दिर्घकालीन टिक्न सकिने भएकोले हाम्रो
भविस्यलाइ ध्यान राख्दै “विश्व लिम्बुवान साँस्कृतिक महासंघ” ले यो परिमार्जित मुन्धुमी लेखन र उपचार व्याबस्था दिलाउने ‘अवधारणा पत्र’को
लक्षित कार्य मध्येको एक प्रमुख बुँदाको रुपमा अगाडी सारेको छ। हरेक विधाका मुन्धुमी उपचारकहरुलाई स-सम्मान मुन्धुम लेख्न र दुरुस्त राख्न
अनुरोध यस कारणले गरिने भएको हो कि नलेखिएको अहिलेकै अवस्थामा रहने हो भने यो केही वर्षमै समाप्त हुने निस्चित छ जव कि संसारका कुनै
पनि अवसर र बाँच्ने आधारबिनाका समाज/समुदायहरु कुनै कालखण्डमा आएर आफै अन्त्य भएको पाइन्छ त्यो नहोस भन्नेनै हो हाम्रो चिन्तन। त्यो
सम्भावित दुर्गतीको अवस्थालाई संरक्षण र सम्बोधन गर्न सक्ने दर्शन यहीनै एक मात्र विकल्प हो। साँस्कृतिक क्रान्तीको सफलता पछी हाम्रो भाषा, लिपि
र मुन्धुमी विधाका मान्यतापुर्ण विश्वविध्यालय चलाईने छ जहा मुन्धुमी खोजकर्ताहरुलाई अवसर प्राप्त हुनेछ। श्रोतनै दिर्घकालिन जिवन हो।
“विलिसाम” ले हरेक लिम्बुजनहरुको उज्वल भविस्यलाई सम्झन्दै एकता, एकरुपता, स्पष्टता र दुरुस्तपना कायम गरेर सुन्दर र समृध्द समाज र क्षेत्र
बनाउने अवधारणा अन्तर्गत चरणवध्द गर्दै आएको अन्तर्कृयाहरुले ल्याएको प्रस्तावहरुलाई पनि कार्यन्वयन र समावेश गर्दै गैरहेको छ किन कि समग्र
लिम्बुहरुको उन्नती प्रगती र समृध्दतानै हाम्रो चाहाना भएकोले महासंघको फराकिलो र भरपर्दो दायरा त रहनेनै छ । त्यसैले दिर्घकालिन परिधी र
सापेक्षताले दिन सक्ने सम्मको परिवर्तन हेरफेर अवस्य पनि गरिदै आइएको छ। यो ‘महासंघ’ नाम सम्बन्धी अन्तिम निस्कर्शमा आइपुगेका छौ
जसमा ‘विश्व लिम्बुवान साँस्कृतिक महासंघ’ र ‘विश्व लिम्बु संस्कृती महासंघ’ मद्धेमा एक रहने छ।
यो ‘महासंघ’ नेपाल भित्र र बाहीरका सबै लिम्बुजन्य संघ संस्थाहरु मिलेर बन्ने छ र यसको जम्मा ९ विभागहरु रहने छन।
(१) विज्ञ विशेषज्ञ र आयोग सम्योजन विभाग।
(२) पुस्तकालय, लाईसेन्स वितरक, आधिकारिक पहिरन तथा व्यापार विस्तार विभाग।
(३) अर्थ ब्यवस्था, कागजात, देशान्तरवास, बिज्ञापन तथा सञ्चार विकास विभाग।
(४) स्वास्थ्य,शिक्षा, सम्वत, जनगणना र पर्यटन विभाग।
(५) ईतिहास, संस्कृति, धर्म र भाषा विभाग।
(६) निर्माण, सिल्पकला, कृषी र यातायात विभाग।
(७) च्याब्रुङ्ग नमुना, सांगितिक वाध्द्यवादन, वृतचित्र, कोरियोग्राफ तथा कलाकर्मी विभाग।
(८) ऐतिहसिक वस्तु र चिहान संरक्षण, गाउँठाउँको नामाकरण तथा श्रोत साधन परिचालन विभाग।
(९) वैधानिक परामर्श, राष्ट्रीय अन्तराष्ट्रीय सुरक्षा सम्पर्क तथा राजनैतिक विभाग।
भिडियो हेर्नको लागी