हङकङबाट ताप्लेजुङ्गका अग्नि पीडितलाई चार लाख राहत

— बल्लव रोका
हङकङ जुलाई १, फुङ्लिङ्ग ताप्लेजुङ्ग वजार सेवा समिति हङकङको आयोजनामा गत पर्दर्शन गरिएको “ताप्लेजुङ्ग अग्नि पीडित सहयोग साँझ”को लागत खर्च कटाइवरी एकमुस्ठ रकम हङकङ डलर ३१ हजार पाँचसय विश (नेपाली झण्डै ४ लाख रूपैंया) ताप्लेजुङ्गका पीडितहरूलाई औपचारिक सार्वजनिक गरि पठाईएको छ ।

प्रमुख अतिथि जनजाति महासंघका अध्यक्ष एम वी थापा, विशेष अतिथिहरूनेपाली आर्टस एण्ड कल्चरका अध्यक्ष नन्द चङ्सु, नेपाली पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राई, अन्य अतिथिहरू साहित्य प्रतिष्ठानका अध्यक्ष कवि टंक साम्बाहाम्फे लगायत विभिन्न संघसस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा ताप्लेजुङ अग्नि पीडित सहयोग साँझका संयोजक चन्द्र मादेन “आन्छन्”द्वारा पीडितहरूको पीडामा राहत स्वरूप पारदर्सी ढङ्गले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयवाट पहल गरि ताप्लेजुङ्ग शाखावाटै वितरण गरियोस भन्दै नेपाली पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईलाई आर्थिक सहयोग गर्ने दाता र नेपाली समुदायको बीचमा रकम हस्तान्तरण गरिएको थियो ।

गत मे ५ साँगीतिक कार्यक्रमको टिकट कटाउने, आर्थिक सहयोग गर्नेहरू र नेपालवाट त्रय कलाकार ल्याउदाको सवै आय व्यय विवरण आन्छन्द्वारा सुनाए पश्चात आर्थिक रकम एकमूस्ट हजार डलर माथि दिनुहुने कियाचुका अध्यक्ष कवि त्रिभुवन लुङ्फुङ्वा, मंञ्च संम्वद्व संघीय लिम्बूवान राज्य परिषदका अध्यक्ष कवि बीष्णु ईङ्नाम, फुलवारी क्लवका प्रोप्राईटर नन्द चङ्सु , कवि बल्लव रोक्का, युवा समाजसेवी नारायण मादेन आदिहरूलाई प्रमुख अतिथि, विशेष आतिथि र आयोजकको वाहुलीबाट माला र खदा ओढाई प्रसंशा गर्दै सम्मान गरिएकोथियो । अग्नि पीडितका संयोजक चन्द्र मादेन “आन्छन्”को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जनजाति महासंघका अध्यक्ष एम वी थापाले यो परोपकारी अत्यन्तै सर्हानिय कार्य हो र यहाँबाट अन्य संस्थाले पाठ सिक्नुपर्छ भन्दै आयोजक समितिलाई हार्दिक धन्यबाद दिनुभएकोथियो । त्यस्तै पीडितहरूको रकम जिम्मा लिनुहुने नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईले मन्तव्य दिदैं आफुले वुझेको सबै रकम नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा जानकारी दिदै ताप्लेजुङका पत्रकार महासंघ शाखालाई पठाई पीडितहरूकै हातमा सार्वजनिक रूपले वितरण गरिने जानकारी दिनुभयो ।अन्त्यमा सभापति आन्छन्ले पुरानो कुरोको स्मरण गराउदै ताप्लेजुङमा आफूले ई स २००२ मा बिभिन्न गाविसमा भिषण पहिरोगई ३६ जनाको अकालमा मृत्यु हुँदा हङकङबाट खाली हात चन्दा उठाई ८ लाख रूपैंया पठाईएको थियो र पछिबाट शहरमै अचानक आगलागिहुँदा ४५ वटा घरहरू खरानी हुँदा पनि मुखैकोको भरमा ४ लाख पचास हजार ऊठाई जिल्लामा पिडितहरूलाई पठाईएको र अहिले चांहि मोही मांग्ने, ढुङ्ग्रो चाँहि लुकाउने गरि संस्कृत,सांगीतिक सौगात पस्किएर कार्यक्रम गरि सफल पनि भएको र यस्को श्रेय सहयोगी मनका धनीहरू सवैलाई मुरी मुरी धन्यवाद दिनुभएको थियो ।सो कार्यक्रमको संचालन नारायण मादेनद्वारा गरिएको थियो ।

स्मरण रहोस– गत २०६९ माघ २६ गते फुङ्गलिङ्ग ताप्लेजुङ्ग वजारमा भीषण आगो लागी ८ वटा घरहरू खरानी भै करोडौंको क्षति भ एको थियो । सोहि पिडितहरूलाई सहयोग गर्नभनि “फुङ्लिङ्ग ताप्लेजुङ्ग बजार सेवा समिति हङकङको” आयोजनामा नेपालबाट त्रय कलाकारहरू मेघराज मगराती, श्रेया(प्रमिना) राई र बिक्रम लिम्वू ल्याई स्थानिय कम्युनिटीको मुख्य हलमा गत मे ५ को दिन सफल सांगीतिक सांझ गरिएको थियो ।