दुत पुन (चिम्खोले काईला) नेफिन यूके वर्ष पुरुष २०२५’बाट सम्मानित I

गत १० अगस्ट २०२५ आइतबार किरात हाउसमा आयोजित विश्व आदिवासी समारोहमा ‘वर्ष पुरुष २०२५’बाट एभरेष्ट टाईम्स यूकेका सम्पादक दुत पुन (चिम्खोले काईला) सम्मानित भएका हुन ।

पुनलाई पत्रकारितामा विशेष योगदान दिएबापत कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिका संस्थापक सचिव भक्तबहादुर दुरा र  नेफिन यूकेका वर्तमान सल्लाहकार र अध्यक्ष रिटायर्ड मेजर योगेश राईले अवार्ड प्रदान गरेका थिए ।

सम्पादक पुन साहित्य, समाजसेवामा समेत सक्रिय छन् । पुन नेपाल पत्रकार महासंघ यूके शाखाका केन्द्रीय प्रतिनिधि, नेपाल मगर संघ यूकेका पूर्वउपाध्यक्षसमेत हुन् । बेलायतस्थित विभिन्न संघसंस्थामा आबद्ध छन् । उनले १ दर्जन पुस्तक प्रकाशन गरी सकेका छन् ।

सोही समारवहमा नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी वरिष्ठ उपाध्यक्ष गंगामाया दुरालाई ‘वर्ष महिला २०२५’बाट विशेष सम्मान गरिएको थियो ।

नेफिन यूकेले हरेक वर्ष आदिवासी वर्ष पुरुष र वर्ष महिलाबाट दुई जनालाई अवार्ड प्रदान गर्ने गरेको छ ।