लिम्बुवान सहितको ३३ दल ४ दलबीच वार्ता हुँदैः
भदौ ६, नेवाः / लिम्बुवानसहितको ३३ दल र ४ दलबीच आज काठमाडौंको नयाँवानेश्वरस्थित् विघठित संविधान सभा परिसरभित्र वार्ता सुरु भएको छ ।
वार्तामा ३३ दलको तर्फबाट प्रतिनिधिको रुपमा रहेका विशेष कार्यदल र नेकपा–माओवादीका उच्च नेतृत्व रहेका छन् । त्यसैगरी ४ दलबाट पनि कथित् उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य तथा अन्य नेतृत्वहरुसमेत सामेल छन् ।
भदौ ६ गते बिहान ९ बजेबाट सुरु भएको वार्तामा गम्भीर छलफल भएको बताइएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका वार्ता प्रतिनिधि खगेन्द्र माखिमका अनुसार ४ दलले गोलमेच सम्मेलन सम्ममा सहमति जनाउने सङ्केत दिएको छ ।
तर, ३३ दलीय आन्दोलनकारी मोर्चाले भने आफ्ना १८ बुंदे सबै प्रस्तावित मागको सम्बोधन नभए सहमति नजनाई पुन: आन्दोलनमै जाने बताइएको छ ।