लिम्बुवान कतार परिषद्को अलखोरमा क्षेत्रीय समिति विस्तार

कतार, अगष्ट 10, 2013 | मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय प्रवास कार्य समिति कतारका अध्यक्ष नरेन्द्र कुमार एभेङको प्रमुख आतिथ्य र लिम्बुवान प्रेमी सुरेन्द्र लिम्बुको अध्यक्षतामा आयोजित एक भेलाले मंच सम्बद्ध स.लि.रा.प. प्रवास समिति कतार अन्तर्गतको अलखोर क्षेत्रीय समिति चयन गरेको छ |

सो औपचारिक कार्यक्रमबाट 11 सदस्यीय मञ्च सम्बद्ध स.लि.रा.प.प्रवास अलखोर क्षेत्रीय कार्य समिति सर्वसम्मत चयन भएको हो | परिषद प्रवास केन्द्रिय कार्य समिति कतारका प्रवक्ता मिङ्सो सुहाङको सञ्चालनमा भएको उक्त कार्यक्रममा परिषदका केन्द्रिय सचीव डम्बर लिबाङले स्वागत मन्तब्य राख्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नेक्रममा परिषदका कोषाध्यक्ष अबीर मादेनले लामो समयदेखि लिम्बुवानवासीहरुलाई केन्द्रीकृत एकात्मक राज्यसत्ताले अन्यायमा पार्दै आएकोले अब त्यसबाट मुक्तिको खातिर फरक धारको राजनीतिक बाटोमार्फत आफ्नो मुक्तिको बाटो खोज्नुपर्ने बताउनु भयो ।

यसरी नै परिषद कतारका प्रथम केन्द्रीय उपाध्यक्ष यतुकुमार लिम्बुले पार्टीको नीति र अवधारणा, संघीयता र एकात्मक व्यवस्थाबीचको अन्तर, सह-अस्तित्ववादी लिम्बुवानी आन्दोलन र त्यसबाट प्राप्त हुने सुन्दर सप्तरंगी ईन्द्रेणी समाजको बारेमा चर्चा गर्नुभएको थियो।

मन्तब्यकै क्रममा परिषद कतारका अध्यक्ष नरेन्द्रकुमार एभेङले नेपालको वर्तमान राजनीतिक अवस्था, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको बिरुद्धमा एकात्मकवादीहरुको चलखेल र त्यसको प्रतिरक्षाको निम्ति मञ्च सम्बद्ध लिम्बुवानको भावी रणनीतिको बारेमा प्रकाश पार्नुभएको थियो ।

यसरी नै परिषदका केन्द्रीय सल्लाहकार सदस्य अशोक योङ्हाङले समय र परिस्थितिको सही मुल्यांकन गर्दै सम्पूर्ण लिम्बुवानवासीहरु यो जाति वा त्यो जाति नभनी एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

यसरी नै लिम्बुवानप्रेमी ओम दाहालले आफ्नो एक सुन्दर कवितामार्फत नेपालको राजनीति र नेतृत्वप्रति तिखो आलोचना गर्नु भएको थियो ।

भेलाले चयन गरेका नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष: सुरेन्द्र लिम्बु, उपाध्यक्ष: ओम दाहाल, सचिव: मनकुमार वाम्बुले राई, सहसचिव: सुर्य गुरुङ, कोषाध्यक्ष: गणेश लिम्बु र सदस्यमा सङ्सारहाङ चबेगु, जोगेन्द्र माङ्मु, पदम संग्रौला, उपेन्द्र लिम्बु, पिताम्बर लिम्बु, र भीम चोङ्बाङ रहेका छन् ।

– लुङखिम डम्बर मिसेक, कतार