कला–संस्कृतिको उत्थान राष्ट्रको पहिचानः
सुम्निमा प्रतिभा प्रतियोगिता २०६९ सम्पन्न

ललितपुर, (नेवाः) ६ असोज । ‘‘कला–संस्कृतिको उत्थान, राष्ट्रको पहिचान’’ भन्ने मुख्य नाराका सुम्निमा कल्चर एकेडेमी, ललितपुरले शनिबार सुम्निमा प्रतिभा प्रतियोगिता २०६९ कार्यक्रम सम्पन्न गरेको छ ।


नृत्य र गायन Ôेत्रका ख्याती प्राप्त कलाकारहरुलाई प्रतिस्पर्धा गराई सम्पन्न सो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।
ललितपुर जिबिसको हल एभिएम चोक मान भवनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपादक्ष्य झकबहादुर थापा मगर रहनुभएको थियो । कार्यक्रममा प्रसिद्ध पूर्वेली लोक गायक जितेन राईको पनि उपस्थिति रहेको थियो ।
प्रतियोगिताको नृत्यतर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः सन्ध्या राई, सिमरन महर्जन र र्सजना तामाङ हुन सफल भएका छन् ।
त्यसैगरी, गायनतर्फ सागर राई प्रथम, बालकृष्ण वनेम लिम्बू दोस्रा र सुजाता राई तेस्रो हुन सफल भएका छन् ।
दुवै विधाका प्रथम, दोस्रा र तेस्रालाई क्रमशः नगद रू. ३ हजार, २ हजार र १ हजारका साथ प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसका साथै, गायन विधामा प्रथम हुनेलाई एउटा गीत रेकर्डिङ गरिदिने र नृत्य विधामा प्रथम हुनेलाई म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर समेत प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।