सृष्टिको मिस वर्ल्ड अनुभव- ‘प्रयास गरेँ, सकिन्’

धेरै आश गरिएकी यसपटककी मिस नेपाल सृष्टि श्रेष्ठले पनि अग्रजहरुको रित्तो हात फर्किने उपलब्धिलाई तोड्न सकिनन् । अघिल्लो साता चीनको ओडर्समा सम्पन्न मिस वर्ल्ड २०१२ मा सृष्टि सहभागी भएरैमात्र चित्त बुझाईन, उपाधि ल्याउने त परैको कुरा उत्कृष्ट १५ पनि पर्न सकिनन् ।

काठमाण्डौ फर्किएकी सृष्टिले भने प्रतियोगिताबाट धेरै कुरा सिकेको बताईन् । कुनै अवार्ड ल्याउन नसकेपछि उत्कृष्ट प्रस्तुती दिन कुनै कसर बाँकी नराखेको सृष्टिको दावी छ । सबैतिरबाट माया र साथ पाएको भन्दै सृष्टिले खुशि व्यक्त गरिन् ।

अघिल्लो प्रतियोगिहरुले झैं मिस वल्र्डमा पुगेर प्रतिस्पर्धीहरुलाई साथी बनाउन पाएको सृष्टिले खुसी ब्यक्त गरिन् । ‘ प्रतियोगिहरु ४ गु्रपमा थियौं, प्रतिस्पर्धी भएपनि सवै साथी जस्तो थियौ’ उनले भनिन-’मैले धेरै राम्रा साथी बनाए ।’

 

आफ्ना रुम मेटहरु मिस इजिप्ट, मिस पेरु र मिस फिजी नेपाल आउन ईच्छुक रहेको बताइन् । मिस इजिप्ट त छिट्टै नेपाल आउने तयारी समेत गरेकी छिन रे । आफुबाट नेपाल र नेपालीले धेरै नै आशा गरेको बताउँदै श्रृष्टिले सबैलाई धन्यबाद भनिन् । मैले सधै १ सय १० प्रतिशत नै राम्रो गर्ने प्रयास गरेँ’सृष्टिले भनिन-’यो मेरो मात्र प्रतिस्पर्धा नभई नेपालकै थियो ।’ प्रशिक्षण र प्रतियोगिताका दौरान प्रत्येक पलमा नयाँ-नयाँ कुरा सिकेको सृष्टिले बताइन् । बिश्व प्रकृति संरक्षण कोष-डब्लुडब्लुएफ)को संरक्षण दूतसमेत रहेकी सृष्टिले अब सोही संस्थाका लागि काम गर्ने योजना बनाएकी छिन् । सिराहाको औरही आगालागी पिडितलाई भेटेपछि सामाजिक कार्यमा अझ वढि प्रेरणा मिलेको बताउँदै सृष्टिले यसलाई निरन्तरता दिने वताईन् ।

प्रतियोगिताका क्रममा फेसबुक र टि्वटरमा साथ दिने शुभचिन्तकहरुलाई पनि उनले बिशेष धन्यबाद दिइन् ।