बार्सिलानाद्धारा रियल मड्रिड पराजित
८ भदौ, काठमाडौं । स्पेनिस सुपर कप फुटबलको पहिलो लेगमा बार्सिलोनाले चिरप्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित भएको छ । घरेलु मैदान नाउ क्याम्पमा बिहीबार राति भएको सिजनको पहिलो भेटमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–२ को जित हात पारेको हो ।
पहिलो हाप बराबरीमा सकिएको खेलको दोस्रो हापमा रियल मड्रिडले ५५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लियो । तर, त्यसको दुई मिनेटमा नै बार्सिलोनाका पेड्रोले बराबरी गोल फर्काए ।
७० औं मिनेटमा सर्जिओ रामोसले आन्द्रे इनिष्टालाई लडाएपछि पाएको पेनाल्टीमा गोल गर्दै लिओलन मेस्सीले बार्सिलोनालाई २–१ को अग्रता दिलाए भने ७६ औं मिनेटमा जाभीले गोल गर्दै ३–१ को अग्रता दिलाए ।
खेलको ८५ औं मिनेटमा रियलका डि मारियाले गोल फर्काउँदै खेललाई ३–२ मा पु¥याएपनि हार टार्न सकेनन् । खलेमा बार्सिनालाले पाएका केही सुन्दर मौका गुमाएको थियो । बार्सिलोना र रियल मड्रिडबीचको दोस्रो लेग रियलको घरेलु मैदानमा अर्को साता हुनेछ ।