योहान ब्लेक दोस्रो तिव्र गतिका धावक
८ भदौ, काठमाडौं । जमैकाका योहान ब्लेक विश्वका दोस्रो तिव्र गतिका धावक बनेका छन् । डायमण्ड लिगमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै ब्लेकले १ सय मिटर दौड जितेका हुन् ।
९ दशमलव ६९ सेकेण्डमा दौड पुरा गरेका उनले अमेरिकी टाइसन गेलाई पछि पारेका छन् । यसअघि ब्लेकको उत्कृष्ट प्रदर्शन ९ दशमलव ७५ सेकेण्ड थियो ।
दौडमा दोस्रो भएका टाइसन गले ९ दशमलव ८३ सेकेण्डमा दुरी पुरा गरे भने ९ दशमलव ९५ सेकेण्डमा दौड पुरा गरेका जमैकाकै नेष्टा कार्टर तेस्रो भएका छन् । विश्वका कीर्तिमानधारी तिब्रगतिका धावक यूसेन्ट बोल्टले भने प्रतियोगितामा भाग लिएका थिएनन् । १ सय मिटर दौडमा बोल्टको ९ दशमलव ५८ सेकेण्डको विश्व कीर्तिमान छ ।
डायमण्ड लिगको २ सय मिटर दौड भने यूसेन बोल्टले नै जितेका छन् । उनले १९ दशमलव ५८ सेकेण्डमका दुरी पुरा गरे । उनले बेइजिङ र लण्डन ओलम्पिकमा १ सय, २ सय र ४ सय मिटर दौडमा स्वर्ण पदक जितेर लगातार दुई ओलम्पिकमा स्वर्ण जित्ने कीर्तिमान बएका थिए । २ सय मिटरमा ब्लेक दोस्रो भएका छन् । लण्डन ओलम्पिकमा पनि ब्लेक दोस्रो नै भएका थिए ।