एकीकृत माओवादीका बैठक आज पनि
८ भदौ, काठमाण्डौं । पार्टीको महाधिबेसन तथा विभिन्न विवादका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीका पदाधिकारीको बैठक आज पनि बस्दैछ । माओवादी पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा मधेस ब्यूरोमा देखिएको विभिन्न विवादका विषयमा पनि छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । साथै राजनीतिक सङ्कट र निकासकाविषयमा पनि छलफल हुने बताइएको छ ।
बिहीबार बसेको बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न पाँच वटा समिति बनाउने निर्णय गरेको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक दस्तावेज बनाउने जिम्मेवारी दिएको छ भने तत्कालीन नीति तथा कार्यक्रमबारे दस्तावेज तयारी पार्ने जिम्मा उपाध्यक्ष बाबुराम भट्टराईलाई दिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारेको दस्तावेज तयार पार्ने जिम्मेवारी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाएका छन् ।
सांगठानिक प्रस्ताव पोष्टबहादुर बोगटी संयोजकत्वको टोलीले बनाउने र सोनाम साथीको संयोजकत्वमा रहेको टोलीले विधान संशोधन सम्बन्धी काम गर्ने छ ।