प्रो. तुलसी दिवस लाई बेलायतको आसफोर्डमा सम्मान ।
रोशन मेवाहाङ– फोक्सटन ,बेलायत
गत २७ जुलाई २०१४ को दिन बेलायतको गोर्खा ईस्पाईस रेष्टुरा, आशफोर्डमा पुर्व त्रिभुवन युनिभर्सिटिका प्रोफेसर तुलसी दिवस (तुलसी प्रसाद जोशी) लाई विश्व नेपाली साहित्य महासङ्घ बेलायतले भव्यरुपमा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा मशासङ्घकै अध्यक्ष विश्वासदिप तिगेला सभापतित्वमा रहनु भएको थियो भने प्रमुख अतिथी तुलसी दिवस र अतिथिहरुमा नेपालबाट आउनु भएका फिल्म
निर्मात्री तथा कलाकार भिस्मा चेम्जोङ, सेवारो कला सङ्घका अध्यक्ष काजिमान लिम्बु, कथाकार विजय हितान, केन्टबरी सेवा समाजका अध्यक्ष घन थापा, साथै आदिबासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बु लगायत विभिन्न सघं सस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थिती रहेको थियो ।
धनकुटा सेवा समाजका अध्यक्ष धन लिम्बुको उक्त कार्यक्रममा आमन्त्रितलाई स्वागत मन्तव्य पश्चात परिचयात्मक कार्यक्रम रहेको थियो । तत्पश्चात सिर्जना वाचन कार्यक्रम रहेको थियो । सो कार्यक्रममा विश्वासदिप तिगेला, विजय हितान, काजीमान यक्सो, सुरेन्द्र ईङ्नाम, घन थापा, श्री लिब्बु लगायत अन्य गरेर १२ भन्दा धेरै सिर्जनाहरु वाचन गरिएको थियो भने सिर्जना वाचन सुरेन्द्र ईङ्नामको बाँसुरीले अन्त्य गरिएको थियो ।
उक्त कार्यक्रममा आदिबासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बुले प्रोफेसर तुलसी दिवसको बारेमा बोल्दै वहाले पिछडिएका आदिवासी जनजातीहरुको मौलिक सँस्कृतिलाई जोगाउनको निम्ति पहल गर्नु भएकोमा हार्दिक आभार प्रकट मन्तब्यमा गर्नुभयो । मन्तब्यकै क्रममा सेवारो कलाकार सङ्घका अध्यक्ष काजीमान यक्सो, कि या चु पुर्बध्यक्ष डम्बर सिङ्गक, केन्टबरी सेवा समाजका अध्यक्ष घन थापा, आसफोर्ड कम्युनिटीका अध्यक्ष श्री लिब्बुले बोल्नु भएको थियो ।
सबै भन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्न सफल लोकसाहित्य समाजका अध्यक्ष साथै कुनै समयमा चर्चित लोक भाकाका गित “कान्छि मट्याङ्गट्याङ्ग, रिटिङ्ग रिटिङ्ग नबजाउ बिनायो” जस्ता नेपाली लोक संस्कृतिमा आफ्नो पहिचान बनाई सकेका साहित्यकारले आफ्नो मन्तब्यमा “देश बाहिर रहेपनि यसरी नेपाली साहित्य,सँस्कृतिलाई मायाँ गरिरहनु भएको छ । पछिल्लो समयमा लाहुरे समुदायबाट नेपाली साहित्य जगतमा निकै राम्रो कृतिहरु प्रकाशन गरिरहनु भएको छ । यथार्तमा साहित्य, गीत, निबन्ध, यात्रा सस्मरणहरु लाहुरे श्रष्टाहरुले आफुले देखेका, भोगेहरुलाई समेटेर लेख्ने गर्नु भएकोले यस्लाई वास्तविक साहित्य म भन्दछु”। सोहि अवसरमा कवि तुलसी दिवसलाई संघिया मासिक पत्रिकाका प्रधान सम्पादकले प्रश्न गर्दै डायस्पोरिक नेपाली साहित्यबाट समृद्ध नेपाल हुने कतिको दृढ विश्वास गर्नु भएको छ ? यसका प्रतिउत्तर कबि दिवसको यस्तो रहेको थियो अबको समय कुनै निश्चित भौगोलीक परिधि भित्र मात्र सिमित हुने समय हैन अबको समय विश्व नै एउटा गाउ जस्तै भैसकेको अवस्थामा अझै प्रविधिले मान्छेहरुलाई अत्यन्तै घनिष्ट रुपमा ल्याइसक्यो । यस अर्थमा एसै बेला नेपालीहरु एक भएर विश्व क्षेत्रको प्रतिनिधित्व गरेर विश्व व्यापिकरण रुपमा अगाडि बड्ने बेला र समय आईसकेको जानकारी दिदै अब नेपाली कवितालाई केवल नेपालमा मात्र टासेर राख्ने बेला गईसक्यो, नेपाली कवितालाई अनुवाद गरेर भएपनि अन्तराष्ट्रिय मंन्च सम्म लैजानका निम्ती सम्पुर्ण पत्र पत्रिका साथै पत्रकार साथिहरको सहयोगको अपेक्षा राख्नु भएको थियो ।
अन्त्यमा, उक्त कार्यक्रमको सभापति अध्यक्ष विश्वासदिप तिगेलाले प्रोफेसर तुलसी दिवसलाई छोटो समयमा निमन्त्रणा गरे पनि समय मिलाएर विषेश उपस्थिति गरिदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्नुहुदै अन्य उपस्थित सबैलाई निमन्त्रणालाई स्विकारी उपस्थित जनाएर यस कार्यक्रमलाई सफल बनाईदिनु भएकोमा मुरी मुरी धन्यवाद दिदै कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नु भएको थियो । करिब ३ घण्टा लामो सो कार्यक्रम प्रवाशी नेपाली साहित्य समाजका पुर्वध्यक्ष तथा सङ्घिय डटकम का प्रधान सम्पादक सुरेन्द्र इङ्नामले सञ्चालन गर्नुभएको थियो ।
